OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पूर्ण चौलागाई,आश्विन २८, २०७८जुम्ला,
११३८ पटक

जुम्ला । असोज २८ गते । जुम्लाको गुठिचौर गाउँपालिकाले आफ्नै रेडियो सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले एक कार्यक्रम गरेर उद्धाटन समेत गरेको हो । कर्णाली प्रदेश सरकारका पूर्व गृहमन्त्री तथा प्रदेशसभा सदस्य नरेश भण्डारीले रेडियोको स्विच थिचेर तथा ब्यानर पढेर उद्धाटन गर्नु भएको हो ।

मन्त्री भण्डारीले ९८.४ मेघाहार्जको रेडियो गुठिचौरको उद्धाटन कार्यक्रममा वोल्दै गुठिचौर गाउँपालिकाको रेडियो संघीयताको अधिकार प्रयोग गरेर रेडियो स्थापना गर्ने गाउँपालिकालाई धन्यवाद ज्ञापन गर्नुभयो । मन्त्री भण्डारीले सम्भवत दर्ता प्रक्रियामा नेपालकै पहिलो रेडियो हुन सक्ने बताउनुभयो । उहाँले रेडियो र संचार समाजको सवै भन्दा बलियो आखा भएकाले आफैमा रेडियोको महत्व रहेको बताउनुभयो । उहाँले रेडियोको दिगोपनाका लागि सवैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । रेडियो गुठिचौरले अभावको समाचार मात्र नभई समृद्धिको समाचार पनि ल्याउने दिन आउने अपेक्षा गर्नुभयो ।

विशेष अतिथि प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले रेडियो उद्धाटन भएकोमा शुभकामना दिदै रेडियोले गुठिचौरले विकासको बिम्ब बदल्नेमा जोड दिनुभयो । तिला गाउँपालिकाका उपाध्यक्ष बिष्णु बुढाले रेडियो उद्धाटनको शुभकामना दिदै विकासलाई सफल बनाउन संचार माध्यामको ठूलो काम हुने भएकाले पत्रकार र संचार माध्याममा उत्तिकै चुनौति भएकाले सवैको सहयोगमा रेडियो दिगोपनामा सहयोग गर्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले संचार विकासको एक महत्वपूर्ण भाग भएकाले रेडियो जन्माउने स्थानीय सरकार र सहयोगी सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो । अन्य भौतिक विकासलाई महत्व दिने देखिएपनि गुठिचौर गाउँपालिकाले संचार क्षेत्रमा लगानी गरेकाले जनताको सूचनाको अधिकारलाई थप सुनिश्चत गर्ने थोरै गाउँपालिका मध्य गुठिचौर रहेको बताउनुभयो । उहाँले नेपालमा पहिलो सामुदायिक रेडियो सगरमाथा जस्तै रेडियो गुठिचौरको ईतिहास रहन सक्ने र यस रेडियोको व्यवस्थापनमा सवैको सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।

नेकपा माओवादी केन्द्र गुठिचौर गाउँपािलकाका ईन्चार्ज अनिल अधिकारीले रेडियोको स्थापनाले यहाँको विकास र समृद्धिमा थप जोड हुने बताउनुभयो । गुठिचौर गाउँपालिका नेपाली कांग्रेसका नेता दानबहादुर बुढाले रेडियो आफैमा शक्ति हुने भएकाले यसको दिगोपनाका लागि सवैले ध्यान दिनुपर्ने भन्दै स्थापना गर्ने गाउँपालिका र सहयोग गर्ने पूर्वमन्त्री नरेश भण्डारीलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले व्यक्तिगत वा संस्थागत रुपमा रेडियोको दिगो व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो ।

गुठिचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले बिजया दशमीको खुशीयाली सँगै गाउँपालिकाको रेडियो शुरु गर्न पाउदा धेरै खुशी भएको बताउनुभयो । उहाँले निर्वाचनको समयमा गरिएको विकासको एक प्रतिवद्धता मध्य रेडियो स्थापना गर्ने आफ्नो र नेकपा माओवादी केन्द्रको भएकाले सोही त्यो सपना पुरा भएको बताउनुभयो । तर यसको दिगोपनाका लागि सवैको सहयोगको अपेक्षा गरिएको जानकारी दिनुभयो । उहाँले नेपालको संविधानको अधिकार प्रयोग गर्नुभयो ।
अध्यक्ष भण्डारीले सूचना मानवको नैसर्गिक अधिकार भएकाले गाउँपालिकालाई सूचनाको समृद्धि दिनका लागि स्थानीय तहमा पहिलो दर्ता भएको रेडियो भएको बताउनुभयो । यसगरी रेडियोको उद्धाटनमा विभिन्न सरोकारवाला निकायहरुले समेत शुभकामना दिएका छन् । रेडियो उद्घाटनमा पञ्चेबाजा सहित नाँचगान समेत गरि खुशीयाली मनाईएको थियो ।

 

प्रतिकृया दिनुहोस्