OnlinePana

आज : २०८१ बैशाख ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ११, २०७६जुम्ला
९१९ पटक

खलङ्गा फागुन ११ गते । यहाँको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले स्वास्थ्यकर्मीलाई योगध्यान तथा उत्प्रेरणा शिविर संचालन गरेको छ । प्रतिष्ठानले स्वास्थ्यकर्मीहरु प्राविधिक रुपमा ज्ञान भएपनि मनको चिन्ता हटाउन, काम गर्न थप उत्प्रेरणाका लागि योगध्यान तथा उत्प्रेरणाको आवश्यकता रहेको भन्दै शिविर आयोजना गरेको हो ।
प्रतिष्ठानले स्वास्थ्यकर्मीहरुलाई काम गर्न मानसिक रुपमै थप सहज गर्ने उद्देश्यका साथ तीन दिने शिविर आयोजना गरिएको निर्देशक डा. मंगल रावालले जानकारी दिनुभयो । सो शिविरमा प्रतिष्ठानका शिक्षक, विद्यार्थी तथा पदाधिकारीहरुको सहभागिता भईरहेको छ ।
शिविर उद्घाटनमा योगध्यान उत्प्रेरणा गुरु सुदन ज्ञवालीले संसारमा मानसिक चिन्ता बढि भएकाले मानिसको जीवनको उथलपुथल हुने गरेको र कुनैपनि काम गर्न उत्प्रेरणा निकै आवश्यक भएको भन्दै यो शिविर स्वास्थ्यकर्मीहरुको सहभागिता हुने गरेको बताउनुभयो । योगध्यान गुरु शान्ता खरेलले मानिसको जीवनमा कुनै पनि कुरा असम्भव नभएकाले हरेक काम गर्न उत्प्रेरणाको आवश्यकता रहेको जानकारी दिनुभयो ।
जुम्लाका प्रतिनिधीसभा सांसद गजेन्द्रबहादुर महतले उत्प्रेरणा र योगा मानिसको जीवन परिवर्तन गर्ने मार्ग भएको बताउनुभयो । उहाँले मानिसलाई भारी वोकेकै समयमा गित बजाएर हिड्ने हो भने गह्रौ भारी हल्का हुने उर्जा उत्प्रेरणा थपिने बताउनुभयो । सांसद महतले हरेक मानिसका लागि सकारात्मक उत्प्रेरणा आवश्यक रहेको भन्दै जीवन धकेल्ने नभई असल जीवन यापन गर्न असल उत्प्रेरणा रहेको थप्नुभयो । सांसद पदम रोकायाले स्वास्थ्कर्मीलाई मुस्कान सहितको सेवा सुविधा दिन स्वास्थ्यकर्मीको चिन्तनमा उत्प्रेरणा शिविरले सहयोग गर्नेमा जोड दिनुभयो ।
चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले अहिले यूवामा बढ्दो बितृष्णाले लागु औषध प्रयोग गर्नेको मात्रा समेत बढि भएकाले यस्ता प्रकारका कार्यक्रम बढिनै हुनुपर्ने बताउनुभयो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी र कर्मचारीलाई सो योगध्यान तथा उत्प्रेरणा शिविर तीन दिन सम्म चल्नेछ । मानसिक रुपमा अब्बल हुन तथा चिन्ताबाट हटाउन, सफल कामहरु गर्न शिविरले सहयोग पुरयाउने प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले जानकारी दिनुभयो । शिविरमा विद्यार्थीहरु उत्साहका साथ भाग लिएका र विभिन्न समय मिलाएर समूहगत रुपमा विभाजन गरि शिविर सञ्चालन गरिएको छ ।

प्रतिकृया दिनुहोस्