OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही फागुन ९, २०७६जुम्ला,
५८० पटक

खलङ्गा फागुन १० गते । छाउपडि ः स्वाहा, वालविवाह ः स्वाहा, बहुविवाह स्वाहा ः ( छुई प्रथा, वालविावह र वहुविवाह सकियो)
यो भनाई, यहाँको जुम्ला जिल्लामा महायज्ञबाटै छाउपडि (छुईप्रथा) विरुद्धको कुरुति विरुद्ध गरिएको महायज्ञमा ब्राहमण, धामी, झाक्री, रसरोकारवाला व्यक्तिहरु र स्थानीयले गरिएको प्रतिवद्धता हो ।
धार्मिक आस्था अनुसार कुनै प्रकारका समस्याहरु भएमा पुजा गरेर महायज्ञ मार्फत ब्राहमणले अग्निमा जलाउने विश्वास अनुसार महायज्ञ चलिरहेका छन् । सवै जसो समयमा महायज्ञमा पुजापाठ हुन्थ्यो । शुक्रवार महिनावारी भएको समयमा महिलाहरु सायदै कमै उपस्थित हुन्थे तर छुईप्रथा विरुद्धको अभियान अन्तरगत जुम्लामा महायज्ञ मार्फत महिनावरी समयमा छाउपडि ( छुई) नमान्ने भन्दै प्रतिवद्धता गरिएको हो ।
महिला वालवालिका तथा समाजकल्याण मन्त्रालयको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको आयोजनामा टुडिखेल मैदानमा गरिएको महायज्ञमा सयौ स्थानीयले सँगै होम गरेर प्रतिवद्धता गरेका छन् ।
जुम्लामा महिनावारी हुँदा घरमा बस्नु हुन्न भन्ने धर्म तथा मानसिकताको अन्तका लागि गरिएको महायज्ञमा जुम्ला प्रदेशसभाका सांसद पदमबहा रोकाया, जिल्ला स्थित स्थानीय तहका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे सहित सरकारी निकाय, नागरिक समाज, पत्रकार तथा गाउँपालिकाका घोषित छाउपडि विरुद्धको दुतहरुको उपस्थितिमा बृहत महायज्ञ गरेर छाउपडि अन्त गर्ने सामुहिक प्रतिद्धताता दोहोरयाएका हुन् ।
सुदुरपश्चिम तथा कर्णालीमा गडिएर रहेको छाउपडी प्रथा उन्मुलनको महाअभियान अन्तर्गत जु्म्लामा गरिएको महायज्ञले यहाँका महिलाको मन भत्काउन ठुलो मद्दत गरेको ब्राहमण रमान्नद आर्चायले बताउनुभयो । उहाँले महायज्ञ मार्फत छाउपडी लगायत कुरितिलाई स्वाँहा गरिएकाले अब कोहि कसैले छुई नर्बान समेत सुझाब दिनुभयो । महायज्ञमा लाखौँ दान दिएर पुण्य कमाउनु भन्दा आम नागरिको जीवनमा सुधार ल्याउनका लागि साँझा संकल्प महान भएको उहाँको भनाई छ ।
चन्दननाथ नगरपालिका जुम्लाका मेयर कान्तिका सेजुवालले सधै धार्मिक कार्यमा गरिने महायज्ञ, जुम्लामा छाउपडी अन्त्यका लागि गर्नु फरक र गर्वको पक्ष भएको बताउनुभयो । मेयर सेजुवाल अबका महिला छाउगोठबाट मुक्ति खोजिरहेको आफ्नो पिडाका लागि स्वयम लड्न सक्षम हुन पनि आग्रह गर्नुभयो । उहाँले आफु कहिले छुई नमान्ने र अब नगरपालिकालाई छुईमुक्त बनाउने संकल्प लिएको बताउनुभयो ।
सिंजा गाउँपालिका अध्यक्ष देवल सिंह रावलले देवता रिसाउँछन् भनेर गोठमा बस्ने महिलालाई छाउपडी प्रथा उन्मलन गर्न महायज्ञ लगाएपछि बल्ल अलि डर भत्किएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले महिलालाई महिनावारी भएको समयमा हुने पिडा अन्त्य गर्नका लागि नेपालमै नमुना काम गर्न खोजिएको र यो पनि जनचेतनाबाटै मनभित्रै परिवर्तन हुनेगरी प्रतिवद्धताको आधारमा गरिएको जानकारी दिनुभयो । उहाँले अन्धविश्वास चिफार गर्ने जिम्मा अब स्वयम महिलाकै रहेको र जुम्लाको यस महान अभियानलनई प्रदेश देखि संघिय मन्त्रालयले पनि चासोका हेरेको र आबश्यक सहयोग गरेको प्रति धन्यबाद समेत दिईन् ।
महायज्ञमा जिसस कार्यवाहक प्रमुख जयराज भारती, तिला गाउँपालिका अध्यक्ष रतननाथ योगी, लगायत ब्रहामण, महिला संजाल, यूवाक्लवब, जनप्रतिनिध, पत्रकार लगायत समग्र जुम्लाबासीले महायज्ञ मार्फत छुई नमान्ने संकल्प गरेका छन् ।
हिमपातले मन्त्री आउन सकेनन् ः
महायज्ञमा सहभागी हुन संघिय सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, प्रतिनिधि सभा संसाद गजेन्द्र महत, विन्दा पाण्डे, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल, लगायत विशिष्ट व्यक्तिहरु महायज्ञमा सरिक हुने कार्यक्रम भएपनि शुक्रवार दिन भर हिउँ परेपछि नेपालगंजबाटै फिर्ता भएका छन् । जहाँज नउडेपछि महिला वालवालिका विकास मन्त्री गुरुङ, सामाजिक विकास मन्त्री रावल सहित अतिथिले टेलिफोनबाट शुभकामना सन्देस दिएका थिए ।
महाअभियान सकियो ः
गृहमन्त्रालयले छुईप्रथा विरुद्ध अभियान थाल्ने भएपछि जुम्लामा भने स्थानीय प्रशासन, प्रहरीले स्थानीय सरकार , पत्रकार महासंघको समन्वयमा जिल्लाभर छुई प्रथाविरुद्धको महाअभियान गरेको थियो । जिल्लाका आठवटै तहमा स्थानीय सरकार, धामी, पुरोहित, शिक्षिका, अगुवा महिला पत्रकारहरुको सहभागिता हुनेगरी हरेक पालिकामा ७ जनालाई छाउपडि बिरुद्धका दुत समेत घोषणा गरिएको थियो । गत पुष १७ गते बाट शुरु भएको जनचेतना अभियान सम्पन्न भएको छ । जिल्लाको टुडिखेलमा हस्तऔला र पञ्जा सहितको रातो पहेलो र निलो रंगको छाप र मानवसांलोबाट जनचेतना अभियान शुरु गरिएको थियो । यसैगरी कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रम गरी छाउपडि विरुद्ध जनचेतना दिईएको थियो ।

प्रतिकृया दिनुहोस्