OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र २२, २०७८सुर्खेत
८९० पटक

२२ भाद्र २०७८, मंगलबार

ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतले १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा नौ जनालाइ पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले बलात्कारको आरोपमा पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज शाही, खगेन्द्र भनिने शोभा शाही, बाबुराम पुरी, प्रेम बुढाथोकी, शेरबहादुर सार्की, ओम दर्लामी र प्रेमबहादुर शाहीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । बलात्कृत बालिकाको डक्टरी जाँच गर्दा पोजेटिभ देखाएको उहाँले बताउनुभयो ।

चौकुने गाउँपालिका ७ सुर्खेत घर भइ पञ्चपुरी नगरपालिका सुर्खेतमा बस्दै आएकी बालिकाले सोमबार आफूलाई पटक–पटक विभिन्न व्यक्तिबाट ठाउँ–ठाउँमा बलात्कार भएको भन्दै इलाका प्रहरी कार्यालय बाबियाचौरमा उजुरी दिएपश्चात् उनीहरु पक्राउ परेको प्रहरी उपरीक्षक विष्टले बताउनुभयो । उहाँका अनुसार बालिकाले आफूलाई चकलेट, बिस्कुट, चाउचाउ र पैसा दिन्छु भन्दै फकाएको उजुरीमा उल्लेख गरेकी छन् ।

जिप्रका सुर्खेतका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक कनक शाहीले बाबुको मृत्यु भईसकेको र आमाले छोडेर अर्कैसँग विवाह गरेपछि मामाको घरमा बस्न आएकी बालिकामाथि बलात्कार भएको बताउनुभयो । उहाँका अनुसार मुद्दा दर्तापछि बालिका आफैले बलात्कार गर्नेलाई पहिचान गराउँदै ईलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख प्रहरी निरीक्षक टेकबहादुर देउवामार्फत नियन्त्रण लिन लगाएकी थिइन् ।

बलात्कार आरोप लागेकाहरु मध्य केहीलाई पक्राउ गर्न बाँकी रहेको बताउँदै प्रहरी निरीक्षक शाहीले नियन्त्रणमा लिईएका नौ जनालाई जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको जनाउनुभयो । त्यसैगरी, वीरेन्द्रनगर नगरपालिका ९ लाटीकोईली सुर्खेत निवासी २८ वर्षीय कुबेर शाहीलाई आज १३० मिलिग्राम अवैध लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्