OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही भाद्र २१, २०७८जुम्ला,
११९५ पटक

भदौ २१ गते । जुम्लाको हिमा गाउँपालिकाले विद्यालयमा पठनपाठन शुरु गरेको छ । गाउँपालिकाले भदौ १५ गतेबाट विद्यालय संचालनमा ल्याएको बताएको हो ।
गाउँपालिकाको शिक्षा शाखा प्रमुख शंकर धितालका अनुसार गाउँपालिकाको दुई क्षेत्रमा ८२ जनाको कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएकाले कार्यपालिको वैठकको निर्णय अनुसार विद्यालय स्वास्थमापदण्ड पालन गर्ने गरी खुलाईएको जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयले शिक्षा शाखा प्रमुखहरुको उपस्थितिमा विद्यालय सुचारु गर्ने आधारको बिषयमा आयोजना गरिएको वैठकमा विद्यालय सुचारु गरिएको शाखा प्रमुख धितालले जानकारी दिनुभयो । स्थानीय तहको निर्णय अनुसार १५ गतेवाट आफ्नो विद्यालयमा स्वास्थ्य मापदण्ड अनुसार विद्यालय खुर्लाइएको कालिका माध्यामिक विद्यालयका शिक्षक खम्वा शाहीले जानकारी दिनुभयो ।

यसैगरी जिल्लाका स्थानीय तहका शिक्षा शाखा प्रमुखहरुले कोरोना महामारीका विचमा शिक्षा क्षेत्रमा भईरहेका गतिविधि र विद्यालय सचालन गर्ने बिषयको छलफल गरेका छन् । प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले शिक्षा शाखाले एक हप्ता भित्र शिक्षा क्षेत्रको जोखिम प्रतिकार्य योजना ल्याउने निर्णय भएको जानकारी दिनुभयो । उहाँका अनुसार यस अघि जिल्ला कोभिड व्यवस्थापन समितिले पनि निर्णय गरेपनि शिक्षा शाखालाई जिम्मेवारी दिएर एक सातामा जोखिम कार्ययोजना सहितको प्रतिवेदन पेश गर्ने निर्देशन गरिएको हो ।

वैठकमा शिक्षा शाखा प्रमुखहरुले शिक्षा क्षेत्र धरापमा परिसकेकाले स्वास्थ्य क्षेत्रको मापदण्ड पालना गरेर विद्यालय खुलाउनुपर्नेमा जोड दिएका छन् । उनिहरुले विद्यार्थीहरु मेला, पर्व र अन्य काममा जाने भएकाले त्यहाँ भन्दा बिद्यालयमै सुरक्षित हुनेमा सूझाव दिएका छन् ।

सरकारले पछिल्लो समयमा स्मार्ट लकठाउन कार्यविधि समेत बनाएको छ । स्वासथ्यको मापदण्ड अनुसार हरेक साता कोरोना परीक्षण गरेर एक सय जनामा परीक्षण गरेमा ५ जना भन्दा मुनी पोजेटिभ आएमा मात्रै विद्यालय सुचारु गर्न पाईने मापदण्ड रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डाक्टर राजिव शाहले जानकारी दिनुभयो । उहाँका अनुसार त्यो कार्यविधिका बिषयमा स्थानीय तहमा छलफल वहश र सचेतना आवश्यक रहेको छ ।

 

शिक्षा समन्वय ईकाई प्रमुख मकरबहादुर भण्डारीका अनुसार प्राय शिक्षकहरुले खोप लगाई सकेको भन्दै छुटेकालाई अनिवार्य खोप लगाउने व्यवस्था गर्न अनुरोध गर्नुभयो । उहाँले आधार तयार गरेर मात्र विद्यालय खोल्नुपर्नेमा जोड दिनुभयो । यसैगरी चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाले ८ वटा विद्यालयमा कोरोना परीक्षण गरिएको स्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्