OnlinePana

आज : २०८१ बैशाख ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पूर्ण चौलागाई, भाद्र १६, २०७८जुम्ला,
९१६ पटक

भदौ १६ गते । जिल्लामा वालविवाह न्यूनिकरण बिषयको अन्तरक्रिया सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ सहित क्रियाशिल पत्रकारहरु र सञ्चार माध्यामहरुको उपस्थितिमा वालविवाहको अवस्था, न्यूनिकरण र कानूनी व्यवस्था लगायतका बिषयमा अन्तरक्रिया गरिएको हो ।

वालविवाह विषयमा काम गर्दै आएको गैर सरकारी संस्था  क्याड नेपालकाे अायाेजनामा सम्पन्न अन्तरक्रियामा नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले समाजमा व्याप्त वालविवाह र वालअधिकारका घटनाहरु वाहिरएकाले पत्रकारहरुले विशेष सञ्चार महाअभियान अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले वालविवाहले वहुविवाह, अपहरण र हत्या बढेकाले समाजमा भईरहेका गतिविधि उजागर गरि सरोकारवालाहरुलाई दावाव दिने मिडियाको भूमिका पहिलो भएको भन्दै यस बिषयमा महासंघ प्रतिवद्ध भएको जानकारी दिनुभयो । महासंघ अध्यक्ष शाहीले पहिलो सार्वजनिक तथा सामाजिक सवालका बिषयमा मिडिया एकमत भएर अगाडि लागेपछि  सवैको साथ सहयोग हुने भएकाले जुम्लामा विशेष योजना बनाएर अगाडि बढ्दा प्रभावकारी हुनेमा जोड दिनुभयो ।

अन्तरक्रियामा अधिबक्ता अनिता तिमिल्सेनाले वालविवाहको परिचय सहित कानूनी व्यवस्था र नेपाल सरकारले न्यूनिकरणका लागि गरेका अभ्यास समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । अधिबक्ता तिमिल्सेनाले २० बर्ष नपुग्दै विवाह नगर्न नगराउन समाजमा सूचना दिने मिडियाको भूमिका ठूलो भएको भन्दै जिल्लामा सवै एकजुट भएर वालविवाह न्यूनिकरणमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पत्रकार धनबहादुर बुढाले महासंघको प्रयासमा पहिलो पटक जिल्ला जनस्वास्थ्य स्वास्थ्यले वालविवाहको आधिकारिक तथ्यांक सार्वजनिक गरेकोमा धन्यवाद ज्ञापन गर्दै स्थानीय तहका जनप्रतिनिधी बढि जिम्मेवार हुनुपर्ने बताउनुभयो । पत्रकार महासंघका उपाध्यक्ष दिलमाया शाहीले जघन्य अपराधका वालवालिका र महिलाका सवालमा जोडिएको घटनाको जाहेरी लेख्न समेत कठिन भएकाले यस बिषयमा मिडियाको नजर पुग्नुपर्नेमा जोड दिनुभयो । पत्रकार कृष्णमाया उपाध्यायले वालविवाहले वहुविवाह हुने भएको हुदा यसका लागि पत्रकारहरुले विशेष जोड दिनुपर्ने बताउनुभयो ।

क्याड नेपालका परियोजना अधिकृत जयलक्ष्मी चौलागाईले पत्रकार महासंघ सँग योजना बनाएर सञ्चार क्षेत्रमा मिडिया क्षेत्रमा काम गर्न अगाडि बढ्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्