OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ९, २०७६सुर्खेत
४८९ पटक

सुर्खेत, ९ माघ ः राष्ट्रियसभा सदस्य पदका लागि आज भएको निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) उम्मेदवार मायाप्रसाद आचार्य र सुमित्रा बिसी विजयी हुनुभएको छ ।
नेकपाका विजयी उम्मेदवारमा अन्यबाट आचार्यले तीन हजार ६१८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी डिल्लीराम पाठकले एक हजार २६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत डा.राजेन्द्रकुमार आचार्यले जानकारी दिनुभयो ।
त्यसैगरी नेकपाका महिला उम्मेदवार बिसीले तीन हजार ६८४ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी गणेशकुमारी बस्नेतले एक हजार २६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत डा.आचार्यले बताउनुभयो ।
राष्ट्रिय सभा सदस्यको कर्णाली प्रदेशमा रिक्त दुई पदका लागि भएको निर्वाचनमा १९८ मतदाताहरुमा १९५ जना (९८.४८) प्रतिशतले मतदान गरेका थिए । जसमा एकजना प्रदेशसभा सदस्यको मत बदर भएको बताईएको छ । डोल्पोबुद्ध गाउँपालिका डोल्पाका उपाध्यक्ष मल्लटासी गुरुङ, हुम्ला नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा तामाङ र कालिकोटको तिलागुफा गाउँपालिकाका उपप्रमुख दन्ता नेपालीले मतदानमा सहभागी नभएको निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्