OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ९, २०७८काठमाडौं
५४६ पटक

९ भाद्र २०७८, बुधबार

घरबाट सम्पर्कविहिन् रहेको चार दिनपछि कालीकोटमा एक किशोरी मृत अवस्थामा मकै बारीमा फेला परेकी छन् ।

खाँडाचक्र नगरपालिका ६ कालीकोटका १६ वर्षीय किशोरी निरु विकको शव मकै बारीमा भेटिएको हो । विकको शव केही सडेर क्षतविक्षत भएको र केही भाग स्यालले खाईसकेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

उहँका अनुसार शुक्रबारदेखि हराएका निरु एकैचोटि मंगलबार दिउँसो घर नजिकैको मकै बारीमा मृत अवस्थामा भेटिएकी थिईन् । प्रहरी नायब उपरीक्षक शाहको नेतृत्वमा सदमुकाम मान्मबाट गएको प्रहरी टोली स्थलगत मुचुल्का गरी शव परीक्षणका लागि जिल्ला अस्पताल कालीकोट पुर्याएको छ ।

“रिपोर्ट नआएसम्म केही भन्न सकिने अवस्था छैन,” उहाँले भन्नुभयो, “घटना कसरी, कहिले र कुन कारणले भएको हो भन्ने विषयमा अनुसन्धान भईरहेको छ ।” यता योङ्ग कम्युनिष्ट लिग नेपाल कालीकोटका ईञ्चार्ज रमेश केसी र सहईञ्चार्ज हस्तबहादुर शाहीले आज संयुक्त विज्ञप्ति जारी गर्दै किशोरीमाथि बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका देखाएर आफ्नो क्षेत्रबाट प्रहरी प्रशासनको अनुसन्धानमा आवश्यक सहयोग पुर्याउने बताएका छन् ।

 

 

प्रतिकृया दिनुहोस्