OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीमाघ ६, २०७६जुम्ला,
४११ पटक

खलंगा माघ ६ गते । राष्ट्रिय बहुचर्चामा रहेको जुम्लाको चन्दननाथ मन्दिरमा बर्षौदेखी राखी हराएको दत्तात्रयको मुर्ति भेटिएको छ ।
चन्दननाथ नगरपालिका वडा नं १ दानसाँघुमा रहेको स्थानीय खेतको आलीमा वेवारिसे अवस्थामा मुर्ति भेटिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयको सूचनाको आधारमा खेतको आलीमा मुर्ति भेटिएको हो ।
बि.सं २०७३ साल मंशिर ११ गते राति हराएको १८ किलोको चाँदीको मुर्ति भेटिएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले थप पुष्टि गर्नुभयो । उहाँका अनुसार विहान साढे ९ बजे स्थानीय उमेश देवकोटा, लोकेन्द्र हमाल, लोकदर्शन देवकोटा जौ लगाएको खेतमा पानी हाल्न गएको समयमा मुर्ति देखेपछि स्थानीय अगुवा दयादत्त हमाललाई खबर गरेका थिए । हमालले भने चन्दननाथ मन्दिरको मुर्ति हुन सक्ने प्रहरीलाई खबर भएपछि पत्ता लागेको हो । विहान ९ बजे स्थानीय ३ जना खेतमा पानी हाल्न गईरहेको समयमा वेवारिसे अवस्थामा मुर्ति फालिएको भेटाएपछि प्रहरीलाई खबर भएको स्थानीय राजबहादु्र भक्रीले जानकारी दिनुभयो । मुर्ति भेटिपछि प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे सहित प्रहरी नायव उपरीक्षक लालबहादुर धामीको टोली मुर्ति पाईएको स्थलमा पुगेर मुचुल्का उठाएको थियो ।
प्रनाउ धामीका अनुसार प्रहरी सर्च अनुसार लागु औषध खानतलास गर्ने अभियान चलिरहेको थियो । प्रहरीले अनुसन्धानका लागि घर सर्च गर्न थालेपछि मुर्ति राखेको व्यक्ति डराएर २ देखी ३ दिनमा दानसाँघु पुलदेखी एकसय मिटर टाढा बेवारिसे फालिएको छ ।
बजार परिक्रर्मा सहित खुशीयाली ः
यसैगरी मुर्ति भेटिएपछि बाजागाजा सहित मुर्ति बजारमा घुमाईएको छ । स्थानीयहरुले मुर्ति पाएपछि खुशीयाली मनाएका छन् । स्थानीयले चन्दननाथ बाबा भगवानले मुर्तिचोरलाई टिक्न नदिएको भन्दै फिर्ता भएको भन्दै खुशीयाली मनाएका हुन् । चन्दननाथ बाबाको जय, दत्तात्रयको जय र जुम्ली जनताको जय भन्दै मुर्ति बजारमा घुमाएका हुन् ।
बाजागाजा अविर सहित जिल्ला प्रशासन कार्यालयमा सयौ स्थानीय र भक्तजनको साथमा मुर्ति भेटिएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले थप जानकारी दिनुभयो । उहाँका अनुसार मुर्तिचोरको बिषयमा थप अनुसन्धान भईरहेको थियो ।
यसैगरी प्रहरीले २ दिन देखी गाउँमा पनि सर्च अभियान थालेको प्रमुख जिल्ला अधिकारी बञ्जाडेले थप्नुभयो । उहाँका अनुसार गाउँनै सर्च गरेपछि कसैले फालेको हुन सक्ने अनुमान गरिएको छ । प्रजिअ बञ्जाडेले यो अप्रेशनमा सहयोग गर्ने सवै जुम्लावासीलाई धन्यवाद समेत दिनुभयो । उहाँले माघ १५ गते धार्मिक विधी अनुसार मुर्ति प्रतिस्थापन समेत गरिने जानकारी दिनुभयो ।
बि.सं २०७३ साल मंसिर ११ गते जुम्ला चन्दननाथ बाबाको मन्दिरबाट दत्तात्रेय भगवानको मुर्ति चोरी भएको थियो । दत्तात्रेय भगवानको मुर्ति सहित सानातिना गरेर १४ वटा मुर्ति चोरिएका र केही भेटिएका थिए ।
दत्तात्रेयको मुर्तिको शिरमा सुनको मुकुट र अन्य भाग चाँदीले बनेको थियो । मुख्य मन्दिरको पादुकाको अघि कमलको आसन बनाएर दत्तात्रेय भगवान्को मुर्ति राखिएको थियो । सो सहित मुर्ति, तामा र पितलले बनेको बुद्धको मुर्ति र अन्य मिश्रित धातुले बनेको कृष्ण, विष्णु, गोपाल, अप्सरा लगायतका देवी देवताको मुर्ति चोरी थियो ।
यस अघि हराएको केही मुर्ति देपालगाउँको जंगलमा भेटिएका थिए । भने दत्तात्रयको मुख्य मुर्ति नभेटिदा जुम्ला आक्रोसित हुदै आएको थियो । यस अघि मुर्तिको अनुसन्धान गर्न तत्कालिन केन्द्रीय अनुसन्धान व्यूरो विज्ञानराज शर्मा सहितको टोली विशेष अनुसन्धानको टोली र सामग्री लिएर जुम्ला पुगेपनि मुर्ति पाईएको थिएन । मुर्ति माईनुका साथै अनुसन्धानको क्रममा केही व्यक्ति कानूनी दायरमा समेत आउन सक्ने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्