OnlinePana

आज : २०८१ पौष २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ९, २०७८काठमाडौं
८२६ पटक

९ भाद्र २०७८, बुधबार

महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले निर्वाचन आयोगबाट आधिकारिकता पाएको छ । आज आयोगमा पुगेर १४ जना सांसदले नयाँ दल दर्ताका लागि गरेको हस्ताक्षर सनाखतसँगै आयोगले लोसपालाई छुट्टै दलको आधिकारिकता दिएको हो । आयोगमा नेकपा एकीकृत समाजवादीले दर्ता नम्बर १६६ रहेको छ भने लोसपाको दर्ता नम्बर १६७ रहेको छ ।

राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य संख्या भए पुग्ने अध्यादेश सरकारले ल्याएपछि महन्थ ठाकुर पक्षले भदौ २ गते लोसपा दर्ताका लागि आयोगमा निवेदन दिएको थियो । त्यसका लागि निर्वाचन आयोगले बुधबार सनाखतका लागि बोलाएको हो ।

लोसपाले तत्कालिन जसपाको केन्द्रीय समितिको नभई संसदीय दलको २० प्रतिशत संख्या पुर्‍याई दल विभाजन गरेको हो ।

लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि प्रतिनिधिसभाका सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरद्सिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, विमलप्रसाद श्रीवास्तव, उमाशंकर अरगरिया, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दुलारीदेवी खँग खत्वे, कल्लुदेवी विश्वकर्मा, शेखरकुमार सिंहले आयोगमा पुगेर हस्ताक्षर सनाखत गरेका थिए ।

प्रतिकृया दिनुहोस्