OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ४, २०७६सुर्खेत
३७१ पटक

सुर्खेत, ३ माघ ः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पण्डित उत्पादन गर्ने शिक्षाले मुलुकको समृद्धि नहुने बताउनुभएको छ ।
नीजि तथा आवासीय विद्यालय अर्गानाईजेसन (प्याब्सन) सुर्खेतद्वारा आज यहाँ आयोजित ‘दोस्रो वार्षिक साधारणसभा‘ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले पढ्दापढ्दै रोजागरीको सृजना हुने शिक्षा प्रणाली मुलुकमा आवश्यक भएको बताउनुभयो । “हाम्रो माटो, हावापनी र आवश्यकता अनुसारको पाठ्यक्रम बनाउनुपर्छ,” उहाँले भन्नुभयो, “उत्पादन र आर्थिक विकासमा योगदान दिने शिक्षा लागू हुन सकेमात्र देश लक्षित गन्तव्यमा पुग्न सक्छ ।”
मुख्यमन्त्री शाहीले अगाडि भन्नुभयो, “आलोचनाको खेतीले मुलुक बन्दैन । मुलुक बनाउन सभ्य संस्कृति र सहज वातावरण तय हुनुपर्दछ । समृद्धिको पहिलो जग सभ्यता नै हो । अहिले आफू मात्र राम्रो, अरु सबै गलत हुन् भन्ने प्रवृतिले समाजका सबैखाले संरचना र कामहरु प्रभावित भएका छन् ।” हाम्रो आजको शिक्षाले भावी कस्तो पुस्ता निर्माण गर्ने हो भन्ने कुरा पनि सोच्न जरुरी छ ।
नीजि क्षेत्रको राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका रहेको बताउँदै मुख्यमन्त्री शाहीले कर्णालीमा लगानी गर्ने गर्ने नीजि कम्पनीलाई १० वर्षसम्म प्रदेशले कर छुट गर्ने नीति लिएको प्रष्ट्याउनुभयो । नीजि क्षेत्रसँगको समन्वयलाई निकट बनाउने र यहाँ लगानी गर्ने नीजि क्षेत्रलाई हार्दिकताका साथ स्वागत गर्ने उहाँको भनाई थियो ।
उहाँले भन्नुभयो, “समृद्धि शब्द अहिले मन्त्र जस्तो भएको छ । यो जपेर मुलुकको विकास हुँदैन । तसर्थ समृद्धिमा पुग्ने बलियो आधार, दीगो सोच र रणनैतिक योजना तयार गर्न जरुरी छ ।” शब्दको वास्तविक तस्विरसहितको परिणाम देखिनेगरी काम गरे मात्र जनताले समृद्धिको अनुभूति गर्ने उहाँले बताउनुभयो ।
म कसैलाई लुट्न र फसाउन जन्मेको होइन भन्ने नैतिकतालाई मूल औजार बनाएर जो सुकै व्यक्तिले राष्ट्र निर्माणमा लाग्न अनुरोध गर्नुभएका मुख्यमन्त्री शाहीले हरेक नागरिकको कडा मेहनत र संघर्षबाट मात्र मुलुक लक्षित गन्तव्यमा पुग्ने दावी गर्नुभयो ।
उद्घाटन कार्यक्रममा नीजि तथा आवासीय विद्यालय अर्गानाईजेशसन (प्याब्सन)का केन्द्रीय महासचिव कुमार घिमिरेले सरकारले लिएको शैक्षिक नीतिमा प्याब्सनले सहयोग गर्दै आएको दावी गर्नुभयो । शिक्षाले मात्र मुलुकमा योग्य जनशक्ति उत्पादन हुने र समृद्धिमा सहयोग पुग्ने जनाउँदै महासचिव घिमिरेले यसको बृहत्तर विकासका लागि राज्यले शिक्षामा अधिकतम लगानी गर्नुपर्ने औंल्याउनुभयो ।

प्रतिकृया दिनुहोस्