OnlinePana

आज : २०८१ बैशाख २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १३, २०७८सुर्खेत
४६८ पटक

१३ बैशाख २०७८ सोमबार

दोस्रो चरणको कोरोना संक्रमणको अवस्था भयावह बन्न थालेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक सातासम्म निषेधाज्ञा जारी हुने भएको छ ।

कोरोना संक्रमण तीव्र बन्दै गएको अवस्थालाई मध्यनजर गरेर जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको आज बसेको बैठकले एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार १४ गते राति १२ः०० बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी हुनेछ । नागरिकहरुको भीड कम गरी संक्रमण फैलन नदिन निषेधाज्ञा जारी गरिएको उहाँले बताउनुभयो । यसमा अतिआवश्यकीय सेवा प्रवाहका लागि खानेपानी, विद्युत, बैक तथा वित्तिय क्षेत्रमा सुरक्षा मापदण्ड पालना गर्दै सेवा प्रवाह गर्न प्रशासनले निर्देशन दिएको छ ।

संक्रमितहरुको शीघ्र उपचारका लागि प्रदेश अस्पताललाई तयारी हुन निर्देशन दिईएको । सुर्खेतमा आईसोलेशन निर्माणको पहल भईरहेको छ । सुर्खेतमा पनि निषेधाज्ञा हुने भएकोले भारतबाट आउने कर्णालीका नागरिकहरुलाई सीमा नाकामा जाँच गर्ने र गम्भीर खालका संक्रमितहरुलाई बाँकेमै उपचार गर्ने गरी पहल भईरहेको सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्