सुर्खेत, १९ असार ः पछिल्लो समयमा बालबालिका हराउने क्रम निकै बढ्दै गएको छ । बालबालिकाहरु को, कहाँ, कहिले र कति ? संख्यामा हराउँछन् भन्ने एकिन तथ्याङ्क भने सजिलै पाउन सकिदैन ।
यो क्रम गाउँ भन्दा शहरमा बढी छ । गरिबी, अशिक्षा र अभावले शहर पस्ने बालबालिका विभिन्न घटनाको शिकार हुँदै गएका छन् । यही क्रममा तिला गाउँपालिका ४ जुम्ला साँपुल्ली गाउँका १२ वर्षीय बालक सुरेश शाही पाँच महीनादेखि काठमाठौं मण्डिकाटारबाट सम्पर्कविहिन छन् । उनी कहाँ र कुन अवस्थामा छन् भन्ने कुराको अत्तोपत्तो नहुँदा सुरेशका आमा राज्यलक्ष्मी शाही र बुबा गोरबहादुर शाही अहिले सन्तापमा हुनुहुन्छ ।
दुई वर्षअघि बुढानीलकण्ठ नगरपालिका ९ मण्डिकाटार काठमाडौंका बलराम विष्टले छोरा समान रेखदेख र पठनपाठन गर्ने भनेर सुरेशलाई लिएको बुवा गोरबहादुरले बताउनुभयो । तर ०७५ फागुन २३ गतेदेखि विष्टकै घरबाट उनी हराएका छन् । छोराको खोजीगरी दिन उहाँले सरोकारवाला सबैसँग आग्रह गर्नुभएको छ ।
बाँसबारी माद्यमिक विद्यालय काठमाडौंमा अध्ययनरत उनी अहिलेसम्म नभेटिएकोले सम्पर्कविहिन भएकै दिनमा महानगरीय प्रहरी वृत काठमाडौंमा खोजतलासका लागि हुलियासहितको निवेदन दिएको घरधनी बलराम विष्टले जानकारी दिनुभयो । २०७३ चैत्र ७ गते आफूले पढाई दिने भनेर बालक सुरेशलाई लगेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “घरको जिम्मेवारी दिएर बसालेका थियौं तर रु.पाँच हजार र आफ्ना लुगा लिएर ऊ बाहिरिएको छ । कहाँ, कता र किन गयो भन्ने कारण बुझ्न सकिएको छैन ।” बाल अधिकारका क्षेत्रमा कार्यरत प्रदीप श्रेष्ठसमेत बालक शाहीको खोजीमा अनवरत लागिपरेको उहाँको भनाई छ ।
यता महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौंका प्रवक्ता एसएसपी श्यामलाल ज्ञावलीले बालकको खोजतलासका लागि प्रहरीको विभिन्न एकाईमा फोटो पठाईएको र काम जारी रहेको बताउनुभयो । यसमा सम्बन्धित घरधनी बलराम विष्ट जिम्मेवार भएर लाग्नुपर्ने उहाँको भनाई थियो । बालक अपहरण नभई हराएकाले यसमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न उहाँले आग्रह गर्नुभएको छ ।
कोरपाटी संवाददाताआषाढ १९, २०७६सुर्खेत
३०४ पटक
- थेल्स, टेस्ला र नरेश
- ‘प्रथम कर्णाली हाफ म्याराथन’को उपाधि रावत र भण्डारीलाई
- सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धीको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन जुम्लामा हुँदै
- खेल पर्यटन प्रवर्द्धन गर्न ‘काँक्रेबिहार म्याराथन दौड प्रतियोगिता’
- जुम्लामा कम्यूनिष्टहरु एकै मञ्चमा : नेपाली विशेषताको समाजवाद विषयमा अन्तरक्रिया
- सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा ‘जुम्ला घोषणापत्र’ जारी
- ज्येष्ठ र अपाङ्गता पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री
- औद्योगिक प्रदर्शनी प्रतियोगितामा राडीपाखी उद्योग प्रथम
- लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिकाः मुख्यमन्त्री कँडेल
- कर्णालीमा ‘औद्योगिक प्रदर्शनी प्रतियोगिता’ भोलिदेखि