OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन ५, २०७७
६२७ पटक

असोज ५ गते । जुम्लामा ८ दिन देखी अनसनरत डा. गोविन्द केसी काठमाण्डौ जाने भन्दै जहाँजमा जुम्लाबाट नेपालगंज उड्नु भएको छ ।
डा. केसीले काठमाण्डौबाटै सत्याग्रह जारी राख्ने भन्दै एक विज्ञेप्ति निकालेर काठमाण्डौ जाने निर्णय गरेपछि जुम्लाबाट जहाँजमा नेपालगंज उडाईएको हो ।

उहाँलार्ई आजै जहाँज मार्फत चिकित्सकको साथमा जुम्लाबाट थप सुविधाजनक स्थलमा केसीकै ईच्छानुसार चिकित्सकको साथमा पठाईएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ । उहाँलाई आजै समिट एयरको जहाँजमा नेपालगंजमा पठाईएको नागरिक उड्यन प्राधिकरण जुम्लाका प्रमुख महेन्द्र सिंहले जानकारी दिनुभयो । यसैगरी डा. केसीको साथमा जानुभएका डाक्टर प्रविण गिरीले जहाँज नेपालगंज अवतरण गरेको बताउनुभयो ।

डा. केसीले सरकारले मागहरुको बिषयमा कुनै सम्वोधन नगरेको र पहिलेको अनसनमा अस्पतालमै राज्यले ताडफोड गरेको आरोप लगाउदै फेरी पनि यस्तो हिंसा हुन नदिन जुम्लाबाट काठमाण्डौको यात्रा शुरु गरेर काठमाण्डौ सत्याग्रह जारी राख्ने जनाएका छन् ।

यता स्थानीय प्रशासनले चिकित्सकको सल्लाह अनुसार थप सुविधाजनक अस्पतालमा लैजानुपर्ने प्रतिवेदन अनुसार उहाँले स्वस्र्फुत काठमाण्डौ जाने निर्णय भएको जानकारी प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी ओम प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । डा. केसीले अनसन स्थल धर्मशालाबाट अस्पताल ल्याएपछि कुनैपनि स्वास्थ्य जाँच गर्न मानेका थिएनन् ।

प्रतिकृया दिनुहोस्