OnlinePana

आज : २०८१ बैशाख १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही आषाढ २२, २०७७जुम्ला,
१३६५ पटक

असार २२ गते । कोरोना विरुद्ध लड्ने वा मानिसको रोग प्रतिक्षाको रुपमा काम गर्ने रु आठ लाख १२ हजार सातसय २० रुपैयाको आयूर्वेद औषधी संघीय सरकारलाई हस्तान्तरण गरिएको छ ।
नेपाल आयूवेर्द औषधी व्यवसाय संघले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सो औषधी हस्तान्तरण गरेको छ । नेपाल आयूर्वेद औषधी व्यवसाय संघका केन्द्रीय अध्यक्ष जंगराज गिरीका अनुसार सो औषधीले मानिसको प्रतिरक्षा प्रणालीमा सहयोग पुरयाउने भएकाले सानो सहयोग भएपनि राज्यलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।
उहाँले सो औषधी संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री नवराज रावतलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो । नेपाल आयूर्वेद औषधी व्यवसाय संघले सरकारलाई हस्तान्तरण गरको औषधीमा दुई हजार पाँचसय थान अर्थात रु ६ लाखको गुड्ची चुर्ण, १२० थान रु ३९ हजार छ सयको अश्वगन्धा क्याप्सुल, चवनप्रास ६४ वटा रु १७ हजार नौसय २०, आमलकी चुर्ण रु १२० थान रु १८ हजारको र त्रिकुट चुर्ण ६० थान रु सात हजारको र गिलोयप्लस प्रवाही पाँच सय थान रु एक लाख ३० हजार सहित रु आठ लाख १२ हजार सातसय २० रुपैयाको औषधी संघीय सरकारलाई हस्तान्तरण गरिएको अध्यक्ष गिरीले जानकारी गर्नुभयो । संघले सरकारलाई हस्तान्तरण गरेको आयूर्वेद औषधी यथोचित सातै प्रदेशका जिल्लाहरुमा पठाउन अनुरोध समेत गरिएको छ ।
यसैगरी औषधी ग्रहण गर्दै राज्यमन्त्री नवराज रावतले सरकार कोरोना विरुद्धको अभियानमा दुर्त रुपमा लागिरहेकोमा सहयोग गर्ने सवैलाई धन्यवाद सहित आयूर्वेद संघको प्रगतिको शुभकामना दिनु भएको थियो । औषधी हस्तान्तरण गर्न आयूर्वेद संघका केन्द्रीय अध्यक्ष गिरी सहित बरिष्ठ उपाध्यक्ष रामचन्द्र बुढाथोकी, उपाध्यक्ष बालचन्द्र अधिकारी, महासचिव किरण शर्मा, सचिव भवनाथ लम्साल सहितको टोली सहभागी भएको थियो ।

प्रतिकृया दिनुहोस्