
११ भदौ २०८३, बिहीबार
सुर्खेतः कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले आज भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जुम्कित लामा (कार्की) र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्कालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । प्रदेश प्रमुख जोशीले तीनैजना मन्त्रीहरुलाई नेपालको संविधानको धारा १७२ बमोजिम शपथ ग्रहण गराउनुभएको थियो ।
प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले तीनै महिलालाई मन्त्री बनाएर पठाएपछि सरकारले पूर्णता पाएको छ । यही भदौ ३ गते सत्ता साझेदार दल नेकपा एमालेले सामाजिक विकासमन्त्री जीतबहादुर मल्ल, आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाई र जलस्रोत तथा उर्जा विकासमन्त्री कलबहादुर हमाललाई सरकारमा पठाएको थियो ।







