OnlinePana

आज : २०८३ भाद्र ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १०, २०८३काठमाडौं
७ पटक

१० भदौ २०८३, बुधबार

बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा एकजुट भएर लाग्न मुख्यमन्त्री शाहीको अपिल

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरुको खोज, उद्धार, राहत तथा पुनःस्थापनामा एकजुट भएर लाग्न अपिल गर्नुभएको छ ।

आज बिहान रसुवागढी तथा तल्लो तटीय क्षेत्रको भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लाहरुमा भएको जनधनको क्षतिप्रति एक अपिलमार्फत गहिरो दुःख व्यक्त गर्दै मुख्यमन्त्री शाहीले उक्त घटनाका घाईतहरुको शीघ्र स्वास्थ्यलाभको कामना र मृतकको चीरशान्तिको कामनका साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको हो ।

उहाँले विपद्बाट मानवीय पीडा र क्षतिप्रति सबै नेपालीलाई संवेदनशील हुन र पीडित नागरिकको राहत तथा पुनःस्थापनाका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक भएको बताउनुभयो । त्यसैगरी, उहाँले प्रभावितहरुको आवश्यक स्वास्थ्य उपचार, खाद्यान्न, सुरक्षित आवास, स्वच्छ खानेपानी तथा अन्य अत्यावश्यक सेवाहरु तत्काल उपलब्ध गराई उनीहरुको जीवनरक्षा र सुरक्षित पुनस्र्थापनालाई सुनिश्चित गर्न आग्रह गर्नुभएको छ ।

रसुवाको प्राकृतिक विपद्बाट कर्णाली प्रदेशका नागरिकसमेत प्रभावित भई केही व्यक्तिहरु सम्पर्कविहीन भएको जानकारीले कर्णाली प्रदेश सरकार गम्भीर र दुखित रहेको मुख्यमन्त्री शाहीेले जनाउनुभयो । यस दुःखद् घडीमा उनीहरुको खोज तथा उद्धार कार्यमा सहयोग पुर्याउने उहाँले सरोकारवालाई सबैलाई अनुरोध गर्नुभयो ।

त्यसैगरी, संघ, प्रदेश तथा स्थानीय सरकार, नीजि क्षेत्र, गैर सरकारी संघ संस्था र नागरिक समाजलगायत सबैमा समन्वय, सहकार्य गरी प्रभावित नागरिकहरुको राहत तथा मानवीय सहायताका लागि सहयोग गर्न प्रतिबद्ध रहेको उहाँले जनाउनुभयो ।

 

प्रतिकृया दिनुहोस्