OnlinePana

आज : २०८३ भाद्र १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीभाद्र १०, २०८३जुम्ला
६७ पटक

 

जुम्ला/  भदाै १० गते । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण जुम्लाका ३६ जना श्रमिक सम्पर्कविहीन भएका छन् । कामका लागि रसुवा गएका पातारासी गाउँपालिका ४ जुम्ला लाम्रीका गाउँका १६ जना, वडा नं. ५ माथि ल्होर्प गाउँका १४, तलि ल्होर्प गाउँका चार जना र जम्न गाउँका दुई गरी ३६ जना श्रमिक बिहान भोटेकोशीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका पातारासी गाउँपालिका जुम्लाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु रसुवा हाँकु जेसी २१६ नम्बर ड्यामसाईडमा काम गरिरहेका थिए ।

उपाध्यक्ष रोकायले सम्पर्कविहीन भएकाहरुमा बिर्ष बोहोरा, अमृत बोहोरा, कुमार बोहोरा नामका दुई जना श्रमिक रहेको बताउनुभयो । उहाँका अनुसार भीम बुढा, दीपक बुढा, प्रमेन्द्र बुढा, विष्णु बुढा, जीवन बुढा, कमलसिंह बुढा, धनलाल बुढा, मक्क बुढा, पंकराज बुढा र दिपक रावतलगायत उक्त बाढीका कारण सम्पर्कविहीन रहेको जनाइएको छ । सम्पर्कविहीनहरु बाँकी सबैको नाम संकलन गर्ने कार्य भइरहेको छ ।

सम्पर्कविहीनहरु मध्ये भक्तिराम बोहोरा, अर्जुन बोहोरा, राम बुढा, विश्व बुढा र नन्द बोहोरा सम्पर्क आएको माथि ल्होर्प गाउँका स्थानीय पूर्ण बोहारोले जानकारी दिनुभयो । बोहोरा २१ वर्षीय छोरा कुमार बोहोरा पनि सम्पर्कविहीन छन् । उनीहरुले गाउँपालिका, जिल्ला प्रशासनसहित सम्बन्धित सरोकारवालाहरुलाई सम्पर्कविहीन आफन्तहरुको खोज तथा उद्धारका लागि अनुरोध गरेका छन् । रसुवामा बाढी आएको खबर पाएपछि विहानै देखी गाउँका स्थानीयले उद्दारको माग गरिदिन भन्दै हार गुहार गरिरहेका छन् । सम्पर्क विहिन भएका श्रमिकका आफन्त कृष्ण बोहराले स्थानीय प्रशासन, जनप्रतिनिधि देखी सरोकारवाला निकायमा उद्दारका लागि अनुरोध गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, रसुवा हाँकु जेसी २१६ नम्बरमा काम गरिरहेका उहाँहरु फसेका छन् । उद्दार गरिदिन अपिल गर्दछौ ।

यता जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले उक्त घटनाका विषयमा जानकारी लिई खोज तथा उद्धाका लागि रसुवा जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायमा सम्पर्क एवं समन्वय गर्ने बताउनु भएको छ । गाउँपालिका उपाध्यक्ष राेकायाका अनुसार वाता, तिर्खु गाउँका समेत १४ जना त्यहाँ काम गरिरहेका जानकारी दिनु भएकाे छ ।

प्रतिकृया दिनुहोस्