OnlinePana

आज : २०८३ भाद्र ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ३, २०८३काठमाडौं
११ पटक

३ भदौ २०८३, बुधबार

सुर्खेतः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दल र नेकपा एमाले कर्णाली प्रदेशसभा दलबीच प्रदेश सरकार गठन तथा सञ्चालन सम्बन्धमा छ बुँदे सहमति भएको छ ।

आज सुर्खेत बीरेन्द्रनगरमा बसेको दुवै दलबीचको बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, भौतिक पूर्वाधार तथा सहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय नेकपाले जिम्मेवारी लिने गरी सहमति भएको हो । त्यस्तै, आर्थिक मामिला तथा योजना, मन्त्रालय, सामाजिक विकास र जलस्रोत तथा उर्जा विकास मन्त्रालयले नेकपा एमालले सम्हाल्ने भएको नेकपा कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिनुभयो ।

त्यसैगरी, प्रशासनिक संरचना सुधारका लागि यस अघि गरिएको निर्णय कार्यान्वयन गर्दै बाँकी कामहरुलाई निरन्तरता दिने, आव.२०८३÷०८४ को बजेट पारित गर्दा प्रदेशसभाका दलहरुबीच भएको सहमति बमोजम कार्यान्वय गर्ने, रु.३० लाख भन्दा माथि योजनाहरु ठेक्का प्रक्रियाका आधारमा कार्यान्वयन गरी बिगतको नीतिलाई निरन्तरता दिने तथा सुशासन, पारदर्शिता र मितव्यतिा हुने गरी प्रदेश सरकार सञ्चालन गर्ने सहमति भएको प्रमुख सचेतक जिसीले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्