
नेत्र शाही / जुम्ला,
भदाै २ गते । कर्णाली प्रदेशमा सत्ता साझेदार दलहरू नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमाले बिच कुन मन्त्रालयले कसले लिने भन्ने बिषयमा सहमती भएकाे छ ।
मुख्मन्त्री मंगलबहादुर शाही नियुक्त तथा सपथ भईसकेपछि लामाे समयकाे गृहकार्यपछि मन्त्रालय बाडबाटमा सहमति भएकाे हाे ।
नेपाली कम्यनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेश संसदीय दलका नेता यमलाल कँडेल र नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता तथा मुख्यमन्त्री यमलाल कडेल बिच मन्त्रालय बाडफाडकाे हस्ताक्षरित सहमति भएकाे हाे ।
नेपाली कम्यनिष्ट पार्टी( नेकपा)
१ मुख्यमन्त्री तथा मन्त्रीपरिषद
२ भौतिक पूर्वाधार विकास मन्त्रालय
३) भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
४ उचोग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
नेपाल कम्युनिष्ट पार्टी(एमाले
१ आर्थिक मामिला तथा योजना मन्त्रालय
२ सामाजिक विकास मन्त्रालय
३ जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय
यसका साथै सरकार सञ्चालन गर्न अन्य निर्णय समेत गरिएकाे छ । सहमति अनुसार प्रशासनिक संरचना सुधारका लागी यस अघि गरिएका निर्णयहरू कार्यान्वयंन गदैं सधारका वांकी कामहरूलाई निरन्तरता दिइने, आ.व.०८२/८२ को बजेट पारित गर्दा प्रदेशसाभामा रहेका दलहरूबीचमा भएको सहमति अनुरूप कार्यान्वयन गरिनेछ,
रू तीस लाख भन्दा माथिका योजनाहरू ठेका प्रक्रियाका आधारमा कार्यान्वयन गर्ने बिगतको नीतिलाई निरन्तरता दिइनेछ, नयाँ नीति, कार्यक्रम, मनोनयन र नियक्तिका सम्न्धमा आपसी सहमति पश्चात मात्र कार्यान्वयनको प्रक्रिया अगाडि बढाईने र सुशासन, मितव्ययिता र पारदर्शिता कायम हुने गरी प्रदेश सरकार सचालन गरिनेछ ।





