OnlinePana

आज : २०८३ साउन २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २७, २०८३काठमाडौं
४ पटक

२७ साउन २०८३, बुधबार

सुर्खेतः जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच बोरा प्रतिबन्धित रातो जंगली च्याउसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

सिंजा गाउँपालिका ५ जुम्ला घर भई हाल वीरेन्द्रनगर नगरपालिका १३ सुर्खेत बस्ने अन्दाजी ३२ वर्षीय चन्द्राकली बुढालाई आज पक्राउ गरिएको हो । सुर्खेतदेखि नेपालगञ्जतर्फ जाँदै गरेको ग १ ख ८७२२ नम्बरको बस वीरेन्द्रनगर नगरपालिकाको ११ सुर्खेतस्थित सुब्बा कुनामा चेकचाँज गर्ने क्रममा रातो जंगली च्याउ भेटेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराले जानकारी दिनुभयो ।

उक्त बसको डिक्कीमा लुकाई छिपाई राखेको अवस्थामा रातो जंगली च्याउ पाँच बोरा फेला परेको जनाउँदै प्रहरी नायब उपरीक्षक बोहोराले नापतौल गर्दा ७४ केजी रहेको बताउनुभयो । पक्राउ परेकी बुढाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्