OnlinePana

आज : २०८३ साउन २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २६, २०८३काठमाडौं
५ पटक

२६ साउन २०८३, मंगलबार

सुर्खेतः जिल्ला प्रशासन कार्यालय सुर्खेतले लक्षित वर्गलाई कुपनमार्फत १० प्रतिशत खाना पकाउने एलपी ग्याँस उपलब्ध गराएको छ ।

प्रशासनले सुर्खेतका विभिन्न डिलरहरुमा आज आएको करिब एक हजार २२० एलपी ग्याँसको दश प्रतिशत अर्थात १२२ ग्याँस सिलिण्डर अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, सुत्केरी र दीर्घ रोगी भएकाहरुलाई कुपनमार्फत लाइन बस्नु नपर्ने गरी उपलब्ध गराएको हो । गृह मन्त्रालयको निर्देशनलगत्तै प्रशासन कार्यालयले ग्याँस अभावको अवस्था बुझ्न सोमबार आकस्मिक अनुगमन गरेको थियो ।

निमित्त प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीका अनुसार गृहको निर्देशनपश्चात् सुर्खेतका ११ ग्याँस डिलरमा पुगेर ग्याँसको अभाव, वितरण प्रक्रिया र उपभोक्ता पीडाको अवस्था अध्ययन गरिएको थियो । ग्याँस सिलिण्डर नपाएर भोकै बसेका विद्यार्थीहरुको पहिचान गरेर ग्याँस सिलिण्डर उपलब्ध गराइएको जनाउँदै उहाँले ग्याँस पाउँदा उनीहरुको मुहारमा खुसी छाएको बताउनुभयो ।

ग्याँस वितरणको अवस्था अब सहज हुँदै जाने बताउँदै प्रजिअ कार्कीले फोटो, भिडियोसहित अनुगमनमा देखिएका अवस्थाको प्रतिवेदन तयार गरी प्रशासनले गृह मन्त्रालयमा पठाईएको बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्