OnlinePana

आज : २०८३ आषाढ ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
रमिला महत,आषाढ ३०, २०८३जुम्ला,
३१ पटक

रमिला महत/जुम्ला,
असार ३० गते । जुम्लाको सामाजिक विकास कार्यालयले बार्षिक समिक्षा गरेको छ । आर्थिक बर्ष २०८२÷०८३ सालको समिक्षा सम्पन्न गरिएको हो ।
उद्योग बाणिज्य संघ जुम्लाको हलमा सम्पन्न कार्यक्रममा कार्यालय प्रमुख टोप बहादुर बुढाले बार्षिक कार्यक्रमको पस्तुतीकरण गर्नुभयो । उहाँले कार्यालयले गरेको प्रगति र बित्तिय खर्चको बिषयमा जानकारी गनु भयो । उहाँले गर्नु भएको प्रगितिमा जिल्लाका विद्यालय देखी विभिन्न ३३ वटा संरचना निर्माण गरिएको छ । यसैगरी प्राविधिक तर्फ छोरी वुहारी छात्रबृत्ति २० जना, उच्च शिक्षा अपाङ्गता ५ जना,उच्च शिक्षा दलित कोटामा ५ जनालाई उपलब्ध गराईएको छ । यसैगरि महिला तथा वालवालिका, ज्येष्ठ नागरिक, अपांगता सहित विभिन्न क्षेत्रमा काम भईरहेको जानकारी दिनुभयो ।

सामाजिक विकास कार्यालयले यस आर्थिक बर्षमा संघ र प्रदेशबाट प्राप्त शशर्त अनुदानका कार्यक्रममा जम्मा ९० प्रतिशत वित्तीय प्रगति भएको छ । कार्यालयका अनुसार पुजिगत तर्फ ९१ प्रतिशत र चालु तर्फ ८३ प्रतिशत खर्च भएको हो । जम्मा रु ११ करोड ५३ लाख ३८ हजार मध्य रु १० करोड ३२ लाख ७२ हजार सात सय १४ बरारकको बित्तीय प्रगति भएको जानकारी गरेको छ । कार्यालय प्रमुख बुढाले महिला विकास दरवन्दी नभएका कारण सामाजिक क्षेत्रमा काम गनृ कठिन भएको बताउदै महिला विकास अधिकृतको दरवन्दी भएपनि पुर्ति हुन नसकेका कारण समस्या भएको बताउनुभयो । उहाँले प्रदेशले जिल्लाले पठाएका योजना नपठाउने गरेको बताउनु भयो ।

समिक्षा कार्यक्रममा सरोकारवाला निकायले सुझाब दिएका छन् । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यका अनुसार जिल्लाका ३३ वटा विद्यालयमा भवन सहित विभिन्न क्षेत्रमा काम गरेकोमा धन्यवाद दिदै सामाजिक विकास कार्यालय कार्यालय भवन सार्नका लागि गरिएका प्रयाससहित जानकारी दिनुभयो । उहाँले विगतका दिनमा अनुगमन गर्न जान्थ्यौ तर अहिले अनुगमन नभएको बताउनु भयो । अनुगमन अनिवार्य आवश्यक रहेको बताउदै आगामी दिनमा जोड दिन आवश्यक रहेको छ । उहाँले आवश्यकता परेमा जिल्ला समन्वय समितिले प्राविधिक समेत सहयोग गर्न सक्नेमा जोड दिनुभयो । उहाँले निर्माण कार्यको गुणस्तर मूल्याङ्कनमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भएकाले समीक्षा कार्यक्रममा सबै स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतलाई समेत सहभागी गराउनुपर्ने सुझाब दिनुभयो ।

जिल्ला समन्वय समितिका उपप्रमुख जनक थकालीले सामाजिक क्षेत्रमा सहकार्य गर्न सधैं तयार रहेको बताउँदै जिल्लाको विकास निर्माण र सामाजिक सरोकारका विषयमा समन्वय समिति निरन्तर सक्रिय रहेको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईंले सरसफाइ, लागूऔषध दुव्र्यसन, यौन दुव्र्यवहारलगायत सामाजिक विकृतिविरुद्ध वार्षिक योजना बनाएर काम गर्नुपर्ने आवश्यकता रहेको बताउदै सामाजिक विकास कार्यालयले आफ्नो नाम र उद्देश्यअनुसार सामाजिक क्षेत्रमा केन्द्रित कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाब दिनुभयो ।

आधुनिक महिला जागरणकी अध्यक्ष तथा पत्रकार दिलमाया शाहीले सामाजिक विकास कार्यालय स्थापना भएदेखि नै महिला विकास अधिकृतको पद रिक्त रहेको बताउदै कार्यालयले नामअनुसार सामाजिक क्षेत्रमा पर्याप्त काम गर्न नसकेकाले भौतिक पुर्वाधार भन्दा पनि सामाजिक काममा बसढ जोड दिनुपर्ने बताउनुभयो । उहाँले लागूऔषध दुव्र्यसन, बाल यौन दुव्र्यवहार, घरेलु हिंसा, सामाजिक सञ्जालको दुरुपयोग, बाल बेचबिखन, बालश्रम तथा बालबालिकालाई विभिन्न बहानामा घरबाट टाढा पठाउने जस्ता समस्या बढ्दै गएकोमा त्यस क्षेत्रमा सहयोग पुग्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघ जुम्लाका निवर्तमान अध्यक्ष नेत्रबहादुर शाहीले सामाजिक जागरणका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने, महिला विकास अधिकृतको दरबन्दी किन वर्षौंदेखि रिक्त छ भन्ने विषयमा सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताउदै जिल्लाको आवश्यकता विपरीत आउने योजनालाई निरुत्साहित गर्नुपर्ने तथा सञ्चारमाध्यममार्फत जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा शिक्षक, पत्रकार, जनप्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता तथा सुझाब राखेका थिए । सो समिक्षा कार्यक्रमको सहजीकरण तथा प्रत्यक्ष प्रसारण कुटिरोडटकम मिडियाले गरेको थियो ।

 

 

प्रतिकृया दिनुहोस्