OnlinePana

आज : २०८३ आषाढ २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २१, २०८३एजेन्सी
२७ पटक

काठडमाडौंः इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले बेलायत र फ्रान्सले हर्मुज स्ट्रेटमा सैन्य बल तैनाथ गर्ने निर्णय गरेसँगै कडा चेतावनी दिएका छन्।

बेलायत र फ्रान्सले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी हर्मुज स्ट्रेट ‘विश्व अर्थतन्त्रको जीवनरेखा’ भएको उल्लेख गर्दै यस महत्वपूर्ण समुद्री मार्गबाट सुरक्षित र निर्बाध जहाज आवतजावतका लागि सैन्य बल तैनाथ गर्ने बताएका थिए।

साथै उनीहरूले यो समुद्री मार्गको सुरक्षा सुनिश्चित गर्न ओमानलगायत क्षेत्रीय साझेदारसँग सहकार्य गर्ने पनि बताएका छन्।

बीबीसी फारसीका अनुसार काजेम घरिबाबादीले एक्समा बेलायत र फ्रान्सको संयुक्त विज्ञप्ति राख्दै लेखेका छन्, ‘हर्मुज स्ट्रेट क्षेत्रबाहिरका शक्तिका लागि सैन्य प्रदर्शन स्थल होइन। इरान एक जिम्मेवार शक्ति र स्ट्रेट सुरक्षाको ग्यारेन्टर हुनुको नाताले यस संवेदनशील जलमार्गमा हुने कुनै पनि सैन्य गतिविधिविरुद्ध चेतावनी दिन्छ।’

‘हर्मुजको सुरक्षा तटीय देशहरूको जिम्मेवारी हो। कुनै पनि दुस्साहसको परिणामका लागि स्वयं जिम्मेवार हुनेछन्। यो गम्भीर चेतावनी हो।’ एक दिनअघि बिहीबार ब्लुमबर्गले स्रोतहरूलाई उद्धृत गर्दै केही प्रमुख युरोपेली देशले अब हर्मुज स्ट्रेटबाट जहाजहरूको सुरक्षित आवागमनका लागि इरान र ओमानलाई शुल्क तिर्नुपर्ने कुरामा सहमति जनाएको उल्लेख गरेको थियो। एजेन्सीबाट

प्रतिकृया दिनुहोस्