OnlinePana

आज : २०८३ आषाढ १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ९, २०८३काठमाडौं
१६ पटक

९ असार २०८३, मंगलबार

सुर्खेतः सडक तथा सवारी दुर्घटना न्यूनीकरण गर्न कक्षाकोठामै पुगेर प्रहरीले ट्राफिक नियम पालनाबारे विद्यार्थीहरुलाई सचेतना दिएको छ ।

जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहितकुमार शाहीले आज अमरज्योति मावि नेवारे सुर्खेतमा कक्षा नौ मा अध्ययनरत विद्यार्थीहरुलाई सचेतना कक्षा दिनुभएको हो । सेभ द चिल्ड्रेनको सहकार्यमा ‘सुरक्षित सडक सप्ताह अभियान’अन्तरगत उहाँले विद्यार्थीहरुलाई ट्राफिक नियमको पालना, सिटबेल्ट र हेलमेटको अनिवार्य प्रयोग, तीव्र गति नियन्त्रण तथा पैदल यात्री सुरक्षाबारे सिकाउनुभयो ।

उहाँले भन्नुभयो, “सडक तथा सवारी दुर्घटनाको प्रमुख कारण भनेकै ट्राफिक नियमको उलङ्घन गर्नु हो । दुर्घटना हुन नदिन आत्मानुशान र नियमका पालना दुवै चाहिन्छ । मानवीय क्षतिलाई कम गर्न हरेक नागरिक यसमा जिम्मेवार हुनैपर्छ ।” विद्यार्थीमार्फत गरिने सचेतना प्रभावकारी हुने भएकोले यसमा जोड दिएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।

जिल्ला ट्राफिक कार्यालय सुर्खेतले उक्त कार्यक्रममा अमरज्योति माविको नौ कक्षामा अध्ययनरत १६० विद्यार्थीहरुलाई ट्राफिक संकेत, पैदलयात्रीहरुले बाटो पार गर्दा ध्यान दिनुपर्ने कुराहरु, नियम उलङ्घन गर्दा हुने सजाय, संविधानले नागरिकका लागि व्यवस्था गरेका मौलिक हक र नागरिकले पुरा गर्नुपर्ने कर्तव्यका बारेमा पनि जानकारी गराएको थियो ।

 

प्रतिकृया दिनुहोस्