कोरपाटी संवाददाताआषाढ ७, २०८३काठमाडौं
११ पटक
७ असार २०८३, आईतबार
सुर्खेतः पानीमा पौडी खेल्ने क्रममा सुर्खेतमा दुई बालिका र एक युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका १० सुर्खेतस्थित पठान टोल बस्ने दिपक थापाको छोरी १४ वर्षीय सम्झना थापा र मानबहादुर रावतकी छोरी १२ वर्षीय कल्पना रावत नजिकैको टुनी खोलामा पौडी खेल्ने क्रममा शनिबार बेलुका ६ः३० बजेको समयमा पानीमा डुबेर मृत्यु भएको हो ।
त्यस्तै, दैलेख गुँरास गाउँपालिका घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेतस्थित बिक्रम पुन मगरले सञ्चालन गरेको ग्रील उद्योगमा काम गर्ने १८ वर्षीय रमेश पुन मगर दहतातलमा डुबेर बेपत्ता भएका छन् । पञ्चपुरी नगरपालिका ८ सुर्खेतस्थित दहतालमा पौडी खेल्ने क्रममा शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ ।






