OnlinePana

आज : २०८३ जेठ १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १४, २०८३काठमाडौं
५ पटक

 

१४ जेठ २०८३, बिहीबार

सुर्खेतः सुर्खेतमा टिप्परको ठक्करबाट घाईते भएका पैदलयात्री २३ वर्षीय कमल वलीको उपचारको क्रममा मृत्यु भएको छ ।

मृतक ओली भेरीगंगा नगरपालिका २ सुर्खेत कालापानीका रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार कालापानी खोलाबाट सत्तरी भन्ने ठाउँतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख. ०६४७ न. को टिप्परले पैदलयात्री ओलीलाई बुधबार राति करिब ८ः०० बजे ठक्कर दिएपछि घाईते वलीलाई उनका बुबा दलबहादुर वलीले उपचारका लागि राति ९ः०० बजे नै कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याएका थिए ।

उपचारको क्रममा आज प्रदेश अस्पताल सुर्खेतले घाईते वलीलाई मृत घोषणा गरेको छ । टिप्पर चालक वीरेन्द्रनगर नगरपालिका १० सुर्खेतका ५२ वर्षीय मानबहादुर चौधरीलाई बुधबार नै घटनास्थल कालापानीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीेले जनाएको छ ।

प्रतिकृया दिनुहोस्