OnlinePana

आज : २०८३ जेठ १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १२, २०८३काठमाडौं
१४ पटक

१२ जेठ २०८३, मंगलबार

सुर्खेतः सेभ द चिल्ड्रेनले सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेतलाई विपद् व्यवस्थापन तथा उद्धार सामग्री हस्तान्तरण गरेको छ ।

आज सुर्खेत वीरेन्द्रनगरमा सेभ द चिल्ड्रेनका फिल्ड प्रोग्राम अपरेसन्स प्रमुख रत्नराज ओझाले उक्त बाहिनीका वरिष्ठ उपरीक्षक विनोदराज श्रेष्ठलाई विपद् व्यवस्थापन तथा उद्धार सामग्री हस्तान्तरण गर्नुभएको हो । सेभ द चिल्ड्रेनले टेन्ट, म्याट्रेस, गो ब्याग, त्रिपाल, डोरी, गमबुट, शेल्टर टुलकिट, जेनेरेटर, लाइफ ज्याकेट, तथा पानीको ट्यांकीसहितका रु.१२ लाख छ हजार ५७४ बराबरको विपद् उद्धार सामग्री हस्तान्तरण गरको प्रमुख ओझाल जनाउनुभयो ।

विपद् व्यवस्थापन तथा उद्धार सामग्री हस्तान्तरण कार्यक्रममा वरिष्ठ उपरीक्षक श्रेष्ठले सहयोगले विपद् व्यवस्थापन, उद्धार तथा आपतकालीन अवस्थाहरुमा यथाशीघ्र सहायता प्रदान गर्न सजिलो हुने र त्यसले प्रदेशभरि विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने बताउनुभयो । सहयोगी निकायप्रति कृतज्ञता प्रकट गर्दै उहाँले यस किसिमको सहयोग तथा सहकार्य रहने विश्वास बढ्ने जनाउनुभयो ।

उक्त अवसरमा सेभ द चिल्ड्रेनका प्रमुख ओझाले भन्नुभयो “सेभ द चिल्ड्रेनले प्रभावकारी आपतकालीन तयारी जीवन बचाउन र विपद्बाट प्रभावित बालबालिका तथा समुदायको गरिमा जोगाउन अत्यन्तै महत्वपूर्ण भएकोमा जोड दिन्छ । यस सहयोगले सरकारका निकायहरु र अग्रपंक्तिका प्रतिक्रियाकर्तासँगको बलियो सहकार्य प्रदर्शन गर्दछ, जसले आपतकालीन अवस्थामा तयारी, छिटो प्रतिक्रिया, र मानवीय कार्यमा महत्वपूर्ण भूमिका खेल्छ ।”

सरकारी निकाय तथा साझेदारहरुसँग नजिकबाट काम गरेर, सेभ द चिल्ड्रेनले स्थानीय प्रतिक्रिया क्षमता बढाउने र संकटको समयमा प्रभावकारी तथा बालबालिकामुखी मानवीय सहयोग सुनिश्चित गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो । उहाँका अनुसार संकटको समयमा असुरक्षित जनसंख्या समयमै सहयोग प्राप्त गर्नेछ ।

 

प्रतिकृया दिनुहोस्