OnlinePana

आज : २०८३ जेठ ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १०, २०८३सुर्खेत
६ पटक

१० जेठ २०८३, आईतबार

सुर्खेतः जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले नागरिकलाई शान्ति र सुरक्षाको कमी हुन नदिने बताउनुभएको छ ।

आज यहाँ आयोजित पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उहाँले नागरिकको शान्ति, सुरक्षा र सुशासन कायम गर्ने कुरामा प्रहरीले आफुलाई समर्पण गरेको र सत्य सेवा सुरक्षणम् प्रहरीको मूलमन्त्र भएको बताउनुभयो । उक्त कार्यक्रममा प्रहरी उपरीक्षक पोखरेलले गफ नगरी कार्यसम्पादनलाई जनमैत्री र उत्कृष्ट बनाइने जनाउनुभयो ।

उहाँले भन्नुभयो, “समाजमा अमनचयन, शान्ति र सुव्यवस्था कायम गर्न प्रहरीको एक्लो प्रयासले पूर्ण हुन सक्दैन । यसका लागि सबै सरोकारवालाहरुबीच आपसी समन्वय, सहकार्य र सहयोग आवश्यक छ । सुर्खेत राजधानी शहर भएकोले बढ्दो जनसंख्या र यसले निम्त्याएका चुनौति र समस्याहरुको अध्ययन गरी समाधानका उपाय खोज्नेछौं ।”

उक्त कार्यक्रममा पत्रकारहरुले सुर्खेतमा सडक सुरक्षा कायम, लागुऔषध नियन्त्रण, अवैध यौनजन्य गतिविधिहरु चुनौतिको रुपमा देखिएको औंल्याउँदै त्यसको नियन्त्रण गर्नुपर्ने जस्ता विषयमा सुझाएका थिए । प्रहरी उपरीक्षक पोखरेलले सही सूचनामा आधारित रहेर कानुन विपरीतका गतिविधिलाई निर्मूल एवं नियन्त्रण गर्न बोलेर भन्दा गरेर देखाउने र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्