OnlinePana

आज : २०८३ जेठ ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ८, २०८३काठमाडौं
८ पटक

८ जेठ २०८३, शुक्रबार

सुर्खेतः कर्णालीको राजधानी सुर्खेत वीरेन्द्रनगरमा ‘प्रथम कर्णाली पर्यटन महोत्सव’ आजदेखि सुरु भएको छ ।

नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना, दैलेखको दुल्ल नगरपालिका र गुराँस गाउँपालिकाको सहआयोजना तथा होटल व्यवसायी महासङ्घ कर्णाली प्रदेशको समन्वयमा आजदेखि ‘प्रथम कर्णाली पर्यटन महोत्सव’सुरु भएको हो । महोत्सवमा कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धन, यसको दीर्घकालीन सम्भावना, अन्तरप्रदेश तथा अन्तरदेशीय सहकार्यबारे छलफल थालिएको छ ।

भारतबाट बर्सेनि नेपालमा आउने धार्मिक तथा अन्य देशबाट विभिन्न क्षेत्रको मनोरञ्जन लिन आउने पर्यटकहरुको आकर्षक पर्यटकीयस्थलबारे जानकारी, आवाससहित उनीहरुलाई दिइने आतिथ्यता, उनीहरुको बसाई अवधि बढाउने, स्वास्थ्य, शान्ति, सुरक्षा र आरोग्यता विषयमा समेत छलफल सुरु गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक तर्कबहादुर शाहीले जानकारी दिनुभयो ।

त्यसैगरी, साँस्कृतिक विविधता, धार्मिक सम्पदा, साहसिक पर्यटन, प्राकृतिक सौन्दर्य तथा अद्वितीय गन्तव्यहरुको प्रचारप्रसार तथा कर्णाली विश्वसामु चिनाउने गतिविधि सम्मेलनमा सञ्चालन गर्ने उहाँले बताउनुभयो । महोत्सव अवधिमा व्यवसायीदेखि व्यवसायी बैठक, नेटवर्किङ कार्यक्रम, पर्यटन गन्तव्य प्रस्तुति, यहाँका होटल, दैलेखको पञ्चकोशी, पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रलगायत साँस्कृतिक एवं धार्मिक सम्पदाहरुको भ्रमण तथा अवलोकन, प्राविधिक तथा समुहगत छलफल कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।

तीन दिनसम्म सञ्चालन हुने उक्त महोत्सवमा भारतको उत्तरप्रदेश, उत्तराखण्ड र दिल्लीबाट पर्यटन व्यवसायी, लगानीकर्ता, ट्राभल भ्लगर तथा पर्यटन क्षेत्रका सरोकारवालाको सहभागिता रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पर्यटन व्यवसायी तथा पर्यटनसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरु पनि महोत्वसमा सहभागी भएको सहभागी भएका छन् ।

प्रतिकृया दिनुहोस्