OnlinePana

आज : २०८३ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख १५, २०८३
१२ पटक

१५ चैत २०८३, मंगलबार

सुर्खेतः कर्णाली प्रदेशसभाको सचिवमा डा.अर्जुनकुमार खड्का नियुक्त हुनुभएको छ ।

कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले आज डा.खड्कालाई प्रदेशसभा सचिवमा नियुक्त गर्नुभएको हो । नवनियुक्त प्रदेशसभा सचिव खड्काले आज नै पद तथा गोपनियताको शपथ लिई पदभार ग्रहण गर्नुभएको छ ।

नेपाल सरकारका पूर्व सहसचिवसमेत रहेका खड्का सिद्धिचरण नगरपालिका ९ ओखलडुङ्गा जिल्लाका स्थायी निवासी हुनुहुन्छ । संघीय संसद सचिवालयमा पाँच वर्ष कानुन सहसचिवको रुपमा काम गरेका खड्कासँग कानुन र न्यायको क्षेत्रमा ४० वर्ष काम गरेको अनुभव भएको बताईएको छ ।

विसं.२०७४ सालमा कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन सञ्चालनका क्रममा हप्तादिनसम्म प्रदेशसभामै बसेर बैठक सञ्चालनको सहजीकरणसमेत गर्नुभएका उहाँले संविधान निर्माणका क्रममा सविधानको मस्यौदा समितिमा रहेर काम गर्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस्