OnlinePana

आज : २०८१ बैशाख १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २४, २०७७ सुर्खेत
४२६ पटक

२४ जेठ २०७७, शनिबार

कर्णाली प्रदेशमा हालसम्म नोबेल कोरोना भाइरसको संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।

मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक÷एक पुरुष व्यक्ति रहेका छन् । त्यसमा ३५ र २० वर्षीय दुई युवा रहेका छन् भने एक जना ५८ वर्षीय पुरुष रहनुभएको छ । कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति दुल्लु नगरपालिका–११ खागितडा दैलेख निवासी ३५ वर्षीय युवा थिए । उनको यही जेठ १७ गते शनिबारका दिन बिहान क्वारेन्टिनमै मृत्यु भएको थियो ।

त्यस्तै, दोस्रो व्यक्ति पञ्चपुरी नगरपािलका १ हाँसे सुर्खेतका २० वर्षीय युवाको जेठ २२ गते बिहीबारका दिन कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उनलाई कोरोना संक्रमण नभएको भनेर घर पठाएपछि घरमै मृत्यु भएको थियो ।

कोरोनाकै संक्रमणकै कारण जगदुल्ला गाँउपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा.मंगल रावलले कोरोनाकै कारण उनको मृत्यु भएको जानकारी दिनुभयो । भौगोलिक विकटताका कारण मृत्युपछि २२ गते स्वाब संकलन गरी जुम्ला प्रतिष्ठान आरटी पिसिआर गर्दा कोरोना पुष्टि भएको निर्देशक डा.रावलले बताउनुभयो ।

सुर्खेतबाट यही जेठ १६ गते डोल्पा पुगेका उनलाई शुरुमा क्वारेन्टिनमा राखिएको थियो । लामो समयदेखि दमको रोगले पीडित उनलाई पछि होम क्वारेन्टिनमा राखिएको अवस्थामा यही जेठ २१ गते मृत्यु भएको थियो । कर्णालीमा मृत्यु हुने तीनै जनाको मृत्युपछि मात्र कोरोना पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्