OnlinePana

आज : २०८२ चैत्र १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र १६, २०८२
१० पटक

१६ चैत २०८२, सोमबार

सुर्खेतः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा सडकमा उत्रेको प्रदर्शनकारीको आक्रमणबाट प्रहरी निरीक्षक राजन भट्टराई घाइते हुनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कार्यरत प्रहरी निरीक्षक भट्टराईलाई नेकपा एमाले जिल्ला कार्यालयको संयोजनमा आज साँझ सुर्खेत वीरेन्द्रनगर नगरपालिका ६ हटियालाईन गरिएको मसाल जुलुसमा सहभागी प्रदर्शनकारीले मुखमा मुक्का प्रहार गरेका थिए । भिडको सुरक्षा व्यवस्थामा खटिएको निरीक्षकको मुक्का प्रहारबाट अगाडिपट्टिको माथिल्लो दाँत भाँचिएको जिप्रका सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिनुभयो ।

मुक्का प्रहार गर्ने व्यक्तिलाई पक्राउ गर्न खोज्दा भिड तितरबितर भई भाग्ने क्रममा एकजना प्रदर्शनकारीको लडेर टाउकोमा सामान्य चोट उहाँले बताउनुभयो । घाईते प्रहरी निरीक्षक र प्रदर्शनकारी उपचारपश्चात् घर फर्किई सकेको र घटना तथा प्रहरीमाथि हातपात गर्ने व्यक्तिको खोजी एवं सुक्ष्म रुपमा अनुसन्धान प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्