OnlinePana

आज : २०८२ चैत्र १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन ३०, २०८२
९ पटक

   ३० फाल्गुन २०८२, शनिबार

जुम्ला / जुम्लामा नयाँ भाडादर कायम गरिएकाेे छ ।  जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौडेलको अध्यक्षतामा २०८२ फागुन २८ गते सरोकारवाला निकाय र यातायात व्यवसायीबीच बसेको बैठकले जुम्ला बजारबाट विभिन्न स्थानतर्फ छुट्ने बस तथा जिप/भ्यानका लागि नयाँ भाडादर निर्धारण गरेको छ।

निर्णय अनुसार जुम्ला जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातका साधन (बस, जिप, भ्यान, अटो) का लागि दूरीका आधारमा नयाँ भाडादर लागू गरिएको हो। बैठकले जिल्लाभित्रका विभिन्न रुटमा चल्ने सवारी साधनको भाडा समायोजन गर्दै नयाँ दर कायम गरेको जनाएको छ।
साे बैठकको निर्णयअनुसार जिल्लाभित्रका राजमार्गमा सञ्चालन हुने सार्वजनिक यातायातका साधनमा नेपाल सरकारको कानुन अनुसार ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र महिलाका लागि आरक्षण सिट तथा छुटको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गरिने छ। यसैगरी यात्रु बोक्ने सबै सवारी साधनमा टिकट व्यवस्था अनिवार्य गरिने निर्णयसमेत गरिएको छ। साथै सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नराखी निर्धारित सिट क्षमताअनुसार मात्रै सञ्चालन गर्नुपर्ने व्यवस्था लागू गरिने जनाइएको छ।

इन्धनको मूल्यमा फेरबदल भएमा सरोकारवाला पक्षसँग छलफल गरी यातायात भाडादर पुनः समायोजन गरिने निर्णय पनि बैठकले गरेको छ।

केही समय अगाडि हिमा सहित प्रदेश (ख )का अगुवा व्यक्तिले भाडादर नयाँ कायम गर्न भनी निवेदन दिएका थिए । स्थानीय हर्षबहादुर शाहीले याे कार्यका लागि सवैलाई धन्यवाद दिनुभयाे । उहाँले अब प्रशासनमा भएकाे निर्णय अनुसार कार्यान्वयन गर्न सुझाब दिनुभयाे ।

प्रतिकृया दिनुहोस्