OnlinePana

आज : २०८२ फागुन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २३, २०८२
११ पटक

२३ फागुन २०८२, शनिबार

सुर्खेत निर्वाचन क्षेत्र नं.२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रमेशकुमार सापकोटा विजयी हुनुभएको छ ।

रास्वपाका उम्मेदवार सापकोटाले ३० हजार ८२६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नारायणकुमार कोइरालाले १६ हजार ३९२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीपक ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार सापकोटा १४ हजार ४५४ मतान्तरले जित्नुभएको छ ।

त्यसैगरी, नेकपा एमालेका उम्मेदवार कुलमणि देवकोटाले १३ हजार १५५ र नेपाली कम्युनिष्ट पार्टीका झकबहादुर मल्लले चार हजार ५८७ मत प्राप्त गर्नुभएको थियो । सुर्खेतको २ नं. क्षेत्रमा १७ दलका प्रत्यासीहरु चुनावी मैदानमा थिए । एक लाख २६ हजार ४१ मतदाता संख्या रहेको यो क्षेत्रमा ७३ हजार ३५६ मत खसेको थियो । जसमा तीन हजार २७१ मत बदर भएको जनाइएको छ ।

 

 

प्रतिकृया दिनुहोस्