
२३ फागुन २०८२, शनिबार
सुर्खेत निर्वाचन क्षेत्र नं.१ मा नेपाली काँग्रेस र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै रहेको छ ।
सुर्खेत १ काँग्रेसका बिष्णुबहादुर खड्काले ३२ हजार ७५९ मत गणना हुँदा खड्काले १३ हजार ६५५ मत मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी, नेकपा एमालेका ध्रुवकुमार शाहीले नौ हजार १५२, राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंहले आठ हजार ८३, र नेपाली कम्युनिष्ट पार्टीका जीतबहादुर रानाले एक हजार २९ मत प्राप्त गर्नुभएको भएको निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईले जानकारी दिनुभयो । यो निर्वाचन क्षेत्रमा १३ दलका प्रत्यासीहरु चुनावी मैदानमा छन् । एक लाख २२ हजार ९०२ मतदाता संख्या रहेको यो क्षेत्रमा ७० हजार १६७ मत खसेको थियो ।
त्यसैगरी, सुर्खेत क्षेत्र नं.२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । रास्वपाका उम्मेदवार रमेशकुमार सापकोटाले २७ हजार १०२ मत गणना हुँदा आठ हजार ५९३ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, नेपाली काँग्रेसका नारायणकुमार कोइरालाले एमालेलाई उछिन्दै सात हजार ४७, नेकपा एमालेका कुलमणि देवकोटाले पाँच हजार ४८७ र नेपाली कम्युनिष्ट पार्टीका झकबहादुर मल्लले दुई हजार ९१८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीपक ढकालले जानकारी दिनुभयो । सुर्खेतको २ नं. क्षेत्रमा १७ दलका प्रत्यासीहरु चुनावी मैदानमा छन् । एक लाख २६ हजार ४१ मतदाता संख्या रहेको यो क्षेत्रमा ७३ हजार ३५६ मत खसेको थियो ।


