OnlinePana

आज : २०८२ फागुन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २२, २०८२
११ पटक

२२ फागुन २०८२, शुक्रबार

सुर्खेतः सुर्खेत निर्वाचन क्षेत्र नं.१ मा नेपाली काँग्रेस र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै रहेको छ ।

काँग्रेसका बिष्णुबहादुर खड्काले १७ हजार ८५७ मत गणना हुँदा खड्काले छ हजार ९२३ मत मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, नेकपा एमालेका ध्रुवकुमार शाहीले चार हजार ९०१, राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंहले चार हजार २५१, र नेपाली कम्युनिष्ट पार्टीका जीतबहादुर रानाले ५४२ मत प्राप्त गर्नुभएको भएको निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईले जानकारी दिनुभयो । यो निर्वाचन क्षेत्रमा १३ दलका प्रत्यासीहरु छन् । एक लाख २२ हजार ९०२ मतदाता संख्या रहेको यो क्षेत्रमा ७० हजार १६७ मत खसेको थियो ।

त्यसैगरी, सुर्खेत क्षेत्र नं.२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । रास्वपाका उम्मेदवार रमेशकुमार सापकोटाले १३ हजार ७४३ मत गणना हुँदा चार हजार २५४ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, नेकपा एमालेका कुलमणि देवकोटा दुई हजार ३४०, नेपाली काँग्रेसका नारायणकुमार कोइरालाले तीन हजार ३३३ र नेपाली कम्युनिष्ट पार्टीका झकबहादुर मल्लले एक हजार ५४३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीपक ढकालले जानकारी दिनुभयो । सुर्खेतको २ नं. क्षेत्रमा १७ दलका प्रत्यासीहरु छन् । एक लाख २६ हजार ४१ मतदाता संख्या रहेको यो क्षेत्रमा ७३ हजार ३५६ मत खसेको थियो ।

 

प्रतिकृया दिनुहोस्