फागुन २२, २०८२

२२ पटक
२२ फागुन २०८२, शुक्रबार
सुर्खेत निर्वाचन क्षेत्र नं.१ मा नेपाली काँग्रेसका बिष्णुबहादुर खड्काले अग्रता कायमै रहेको छ । तेह्र हजार ८९९ मत गणना हुँदा खड्काले पाँच हजार २९८ मत मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी, नेकपा एमालेका ध्रुवकुमार शाहीले तीन हजार ९२४, राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंहले तीन हजार ३५७, र नेपाली कम्युनिष्ट पार्टीका जीतबहादुर रानाले ३७९ मत प्राप्त गर्नुभएको भएको निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार ५२२ मत बदर भएका छन् । यो निर्वाचन क्षेत्रमा १३ दलका प्रत्यासीहरु छन् । एक लाख २२ हजार ९०२ मतदाता संख्या रहेको यो क्षेत्रमा ७० हजार १६७ मत खसेको थियो ।


