
२१ फागुन २०८२, बिहीबार
कर्णाली प्रदेशका उच्च हिमाली जिल्ला डोल्पा, हुम्ला र मुगुका ३० मतदान केन्द्रका मतपेटिका पर्सिसम्म सदरमुकाममा ल्याइने भएको छ ।
डोल्पाका ६८ मतदान केन्द्रका २३, हुम्लाका हुम्लाका ६४ मतदान केन्द्रमा चार र मुगुका ६९ मतदान केन्द्र मध्य तीन मतदान केन्द्रका मतपेटिका पर्सिसम्ममा सदमुकाम ल्याइने भएको हो । यहाँका नौ सय ४१ मतदानस्थल मध्ये नौ सय ११ मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याउँदै गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक रामप्रकाश शाहले जानकारी दिनुभयो ।
डोल्पाको डोल्पो बुद्ध, शेफोक्सुण्डो, छार्का ताङसोङ हुम्लाको नाम्खा गाउँपालिकाबाट पहिलो लटमा मतपेटिका र मतदान अधिकृत र दोस्रो लटमा निर्वाचन कर्मचारीहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम ल्याइने प्रवक्ता शाहले बताउनुभयो । मुगुको मुगुम कार्मारोङ गाउँपालिकाबाट भने पैदल यात्राबाट मतपेटिका सदरमुकाम गमगढी ल्याइने उहाँको भनाई छ ।



