OnlinePana

आज : २०८२ फागुन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २१, २०८२
१२ पटक

२१ फागुन २०८२, बिहीबार

प्रतिनिधिसभा सदस्य पदको लागि आज सम्पन्न निर्वाचनमा कर्णालीमा ५२ दशमलव ९० प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोग कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईले अनुसार यहाँका १२ निर्वाचन क्षेत्रमा सबैभन्दा बढी हुम्लामा ६४ दशमलव १५ प्रतिशत मत खसेको छ ।
त्यस्तै, डोल्पामा ६३ दशमलव १४, मुगुमा ५८ दशमलव ९०, रुकुमपश्चिममा ५८ दशमलव ४४, जुम्लामा ५६ दशमलव ६५, जाजरकोटमा ५६ दशमलव ६५, कालीकोटमा ४८ दशमलव ६२ र सल्यानमा ४४ दशमलव ४० प्रतिशत मत खसेको सूचना अधिकारी चौलागाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुर्खेत क्षेत्र नं. १ मा ५४ दशमलव ५७, क्षेत्र नं. २ मा ५६ दशमलव ०३, दैलेख क्षेत्र नं. १ मा ५० दशमलव ५१ र क्षेत्र नं. २ मा ४३ दशमलव ०७ प्रतिशत मत खसेको छ । कुल दश लाख ३७ हजार दुई सय ५० मतदातामा पाँच लाख ५४ हजार तीन सय ४१ मतदाताले मात्र मत खसालेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।

कर्णालीमा तीन लाख चार सय ४२ महिला र दुई लाख ५३ हजार आठ सय ९७ पुरुष मतदाताले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा भाग लिएका छन् । चार लाख ८२ हजार नौ सय नौ मतदाताहरु यो निर्वाचनमा सहभागी हुन नसकेको बताईएको छ ।

प्रतिकृया दिनुहोस्