OnlinePana

आज : २०८३ साउन २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १९, २०७७जुम्ला,
८९७ पटक

तातोपानी गाउँपालिकाका भारतबाट आएका अलपत्र परेर गाउँछिरेका भनिएका २३ जना दुर्गा मा.वि लाम्राको क्वारेन्टाईनमा राखिएको छ । गाउँपालिका अध्यक्ष नवराज न्यौपानेका अनुसार २३ जनलाई सदरमुकाम एकिकृत क्वारेन्टाईनमा राख्ने स्थान नभएपछि मध्यरात लाम्राको क्वारेन्टाईनमा राखिसकिएको जानकारी गर्नुभएको छ ।
जिल्लाको एकिकृत क्वारेन्टाईनमा राख्ने निर्णय अनुसार जिल्लामा पठाईएको थियो । त्यहाँ बस्ने स्थान नभएपछि मध्यरात लाम्रामा राखिएको गाउँपालिकाले जानकारी गरेको छ । गाउँपालिका अध्यक्ष न्यौपानेले एकिकृत क्वारेन्टाईनको निर्णय जिल्लाले कार्यान्वयन गर्न नसकेपनि अव तातोपानीका बाहिरबाट आउने सवै नागरिकलाई सुरक्षित राख्ने छ । ताताेपानी हालसम्म सुरक्षित भएकाे सवैलाई गाउँपालिकाले जानकारि गरेकाेछ ।

प्रतिकृया दिनुहोस्