OnlinePana

आज : २०८२ चैत्र ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ २, २०८२सुर्खेत
३२७ पटक

सुमित्रा शाही /जुम्ला,

माघ १ गते । अपाङ्गता भएका व्यक्तिको छाता संगठन राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कर्णाली प्रदेशको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशन वाट नन्दराज धिताल सर्चसम्मत चयन हुनु भएको छ ।

अपांगता अभियान कर्ता तथा महासंघका पुर्व केन्द्रीय सदस्य, एविलिज फाउण्डेसनद्धारा जुम्लामा एविलिज फाउडेसनद्धारा संचालित शशक्तिकरणको माध्यामबाट अपांगता भएका व्यक्तिहरुको शशक्तिकरण परियोजनाका संयोजक नन्दराज धिताललाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरिएको छ ।

कर्णालीका विभिन्न १० जिल्ला बाट ५२ वटा संस्थाका १०४ प्रतिनिधीले धिताललाई निर्विरोध निर्वाचित गरेका हुन् । अध्यक्ष धिताल सहित उपाध्यक्षमा सोमना खड्का, सचिव राज बहादुर बुढा, सहसचिव रत्ना राना, कोषाध्यक्षः नन्दप्रसाद चौलागाईं निर्वाचित भएका छन् । यसैगरी सदस्य सचिव झुपी राउत, सदस्य रेनुका जैशी,सद्स्य सीता सिग्देल, सदस्यः जानकी पुन मगर सदस्य झक्कप्रसाद पोखरेल चयन भएका छन् ।
यसैगगरी सदस्यमा काली शाही, योगेन्द्र शाही, धर्मदत्त फडेरा, सत्यनारायण योगी, संगिता बराल मगर, उत्तम बि.क., चन्द्रा गुरुङ, मनराज कठायत र कृष्णबहादुर बुढा रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष धितालले जिम्मेवारी दिने सम्पुर्णलाई धन्यवाद दिदै अपाङ्गता पैरविमा निरन्तर लागि रहने प्रतिवद्वता जनाउनु भयो । अध्यक्ष धिताल सहितका कार्यसमितिलाई राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय अध्यक्ष देविदत्त आचार्य, पुर्व केन्द्रीय अध्यक्ष तथा एविलिज फाउण्डेसनका नेपाल प्रतिनिधि अपांगता अभियानकर्ता विरेन्द्रराज पोख्रेलले वधाई तथा शुभकामना दिनुभएको थियो ।

नवनिर्वाचित अध्यक्ष धिताललले कर्णाली क्षेत्रमा अपांगता क्षेत्रमा केही काम गरेर छोड्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले अपांगता सँग गरिवि जोडिने भएकाले यस क्षेत्रका अपांगता भएका व्यक्तिको शशक्तिकरण, जिवोकोपार्जन सहित विभिन्न समस्यामा महासंघ सँगै हुनेमा जोड दिनुभयो । यसका लागि राज्य र सरोकारवाला निकाय सँग जोड्नुपर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्