OnlinePana

आज : २०८३ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर २३, २०८२
१६९ पटक

२२ मंसिर २०८२, सोमबार

सुर्खेतःसभ्यता र प्राकृतिक सम्पदामा धनी तथा प्रचुर संभावना हुँदाहुँदै व्यवसायीहरुलाई निराशा बनाएको र लगानीकर्ताहरुलाई आकर्षण गर्न नसकेको भन्दै यहाँका उद्योग व्यवसायीहरुले कर्णाली प्रदेश सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।

जल, जंगल, जमीन, जडीबुटी र रत्नपत्थरको खानी कर्णाली प्रदेशमा लगानी भित्र्याउने वातावरण बनाउन नसक्नु सरकारको कमजोरी रहेको भन्दै उद्योग व्यवसायीहरुले सरकारको यस कार्यले निराशा छाएको दुखेसो गरेका छन् । सुर्खेत वीरेन्द्रनगरमा सोमबार पत्रकार भेटघाट कार्यक्रममार्फत नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेश समिति अध्यक्ष पदमबहादुर शाहीले कोभिड, भूकम्प, जेनजी आन्दोलन, अन्तर्राष्ट्रिय मूल्य वृद्धि, बैंकको उच्च ब्याजले थला परेको नीजि क्षेत्रको मनोबल उठाउन प्रदेश सरकारले भूमिका नखेलेको दुखेसो गर्नुभयो ।

उद्योग, कलकारखाना, लगानी र पूर्वाधारको अभावमा पछाडि परेको कर्णालीमा प्रदेश सरकारले गरेका निर्णय, लिइएका नीतिहरुले नीजि क्षेत्रमा थप चोट पुर्याएको दोषारोपण गर्दै उहाँले यहाँको विकास र समृद्धिमा सहयोग पुर्याउन ११ बुँदे ध्यानाकर्षण पत्र मुख्यमन्त्री यामलाल कँडेललाई बुझाएको जनाउनुभयो । जसमा कर्णाली राजमार्ग सुधारसहित चौबिसै घण्टा निर्वाधरुपमा सुचारु गर्नुपर्ने, नीजि क्षेत्रको सहकार्यमा स्टार्टअफ उद्यमी कार्यक्रम सञ्चालन गर्नुपर्ने रहेको छ ।

त्यसैगरी, कर्णालीको आन्तरिक नियमित हवाई उडान सञ्चालन हुनुपर्ने, कर्णाली सरकारको होटलमा कार्यक्रम नगर्ने निर्णयको पुनरावलोकन गर्नुपर्ने, कोशेली गृह निःशुल्क रुपमा सञ्चालन तथा नीतिगत सुधार हुनुपर्ने, मेला महोत्सवको सञ्चालन नीजि क्षेत्रलाई जिम्मेवारी दिनुपर्ने भन्ने माग राखिएको छ ।

त्यस्तै, कर्णाली प्रदेशस्तरीय औद्योगिक पर्यटन, उद्योग तथा व्यापार प्रदर्शनीस्थल निर्माण गर्नुपर्ने, स्थानीय कृषि तथा उद्यमी प्रवद्र्धनका लागि साप्ताहिक हाटबजार सञ्चालन, लघु औद्योगिक ग्रामका उद्यमी प्रवद्र्धनका लागि हालको भाडा दर घटाउनुपर्ने र सम्झौता अवधि बढाउनुपर्ने र कर्णाली राजमार्ग क्षेत्रका मुख्य बजार क्षेत्रहरुमा होटल व्यवसाय चौबिसै घण्टा गर्न पाउनुपर्ने विषय ध्यानाकर्षणमा पत्रमा उल्लेख गरिएको च्याम्बर अफ कमर्स कर्णाली प्रदेश अध्यक्ष चिन्तामणि कँडेलले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्