OnlinePana

आज : २०८२ मंसिर २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर २०, २०८२
१३ पटक

१९ मंसिर २०८२, शुक्रबार

सुर्खेतः कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनोदकुमार शाहले माटो मानव जीवन, अन्न, उर्जा र वातावरणीय सन्तुलनको आधारस्तम्भ भएको बताउनुभएको छ ।

“स्वस्थ माटो, स्वस्थ गाउँ सहर“ भन्ने नाराका साथ आज मनाईदै गरेको विश्व माटो दिवस–२०२५ को अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले राष्ट्रको समृद्धि र खाद्य सुरक्षाको मेरुदण्ड माटो भएकाले यसको संरक्षण, उर्वरता वृद्धि तथा दिगो व्यवस्थापन हाम्रो सामूहिक जिम्मेवारी भएको बताउनुभयो । माटोको दीगो व्यवस्थापनमार्फत उर्वरा शक्ति सुदृढ गरी स्वस्थ माटो भावी पुस्तालाई हस्तान्तरण गर्नु विश्व माटो दिवसको मूल मर्म भएकोले यसको संरक्षण र दिगो भूमि प्रबन्धका प्रथाहरु अवलम्बन गर्न उहाँले किसानलगायत सबै सरोकारवालाहरुलाई अनुरोध गर्नुभएको छ ।

आज एक शुभकामना सन्देशमार्फत मन्त्री शाहले भन्नुभएको छ, “विश्वव्यापीरुपमा माटो क्षयीकरण, अत्यधिक रसायन प्रयोग, जल–वायु परिवर्तन र अनियन्त्रित भूमि उपयोग जस्ता चुनौतीहरु बढिरहेका छन् । यसले कृषि उत्पादनमा प्रत्यक्ष असर पार्नुका साथै मानव स्वास्थ्य, जैविक विविधता तथा वातावरणीय स्थायित्वमा दीर्घकालीन खतरा उत्पन्न गरेको छ । जसको रोकथामका लागि प्रदेश सरकारले कर्णालीलाइ अर्गानिक प्रदेशका रुपमा विकास गर्न आवश्यक कानुन निर्माण, जैविक तथा वातावरणमैत्री खेतीका कार्यक्रम, माटो परीक्षण जस्ता सुधारका योजनाहरु कार्यान्वयन गर्दै आएको छ ।”

माटोको गुणस्तरमा पारिरहेको प्रभावलाई मध्यनजर गर्दै हामी सबैले जिम्मेवारीपूर्ण व्यवहार अपनाउनु आजको आवश्यकता भएको बताउँदै उहाँले माटो परीक्षणलाई नियमित अभ्यास बनाउने, अत्यधिक रसायनको प्रयोग नियन्त्रण गर्ने, जैविक मल तथा कम्पोष्टको प्रयोग विस्तार तथा हरियाली संरक्षण र पुनस्र्थापनाको अभियानमा सहभागी हुन किसानसहित सरोकारवालाहरुलाई अनुरोध गर्नुभएको छ ।

त्यस्तै, दिगो कृषि, जैविक मलको प्रयोग, बाली–चक्र, भूक्षय नियन्त्रण, र सामुदायिक सहभागिताका प्रयासहरुले मात्र भावी पुस्ताका लागि स्वस्थ, उर्वर र सुरक्षित माटो हस्तान्तरण गर्न सकिने भएकोले यसमा सबैले सकारात्मक सोच, सहकार्य बढाउन तथा स्वस्थ माटोको लागि नियमित परीक्षण र संरक्षणमा जोड दिएर एकसाथ अगाडि बढ्न मन्त्री शाहले हार्दिक अपिल गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्