

नेत्र शाही/जुम्ला,
कार्तिक १३ गते । अखिल नेपाल फुटवल संघ एन्फाले नेपालका एक हजार बढि विद्यालयमा बालबालिकाका लागि स्कुल फुटबल कार्यक्रम शुरु गरेको छ ।
फिफाको सहयोगमा एन्फाले जुम्लामा समेत सो कार्यक्रम शुरु गरेको हो । जुम्लामा अखिल नेपाल फुटवल संघ (एन्फा) द्धारा आयोजित स्कुल फुटवल कार्यक्रममा केन्द्रीय अध्यक्ष पंकज बिक्रम नेवाङले उद्धाटन कार्यक्रममा एन्फा जुम्लाको समन्वमा जुम्लाका २५ विद्यालयलाई २० वटा फुटवलका दरले बितरण समेत गर्नुभयो । उहाँले खेल मानिसको सर्वागिण विकास भएकाले विद्यालय र बालबालिका उमेरबाटै फुटवल सिकाउने कार्यक्रम शुरु गरिएको बताउनुभयो । अध्यक्ष नेवाङले बालबालिकाको लागि स्कुल फुटवल कार्यक्रम महत्वपूर्ण भएको भन्दै विश्वभरी चलिरहेको जानकारी दिनुभयो । उहाँले जुम्लामा निर्माणाधिन रंगशाला चाडै निर्माण गर्न संघीय सरकार, स्थानीय सरकारले जोड दिनुपर्ने बताउनुभयो । उहाँले शिक्षा मन्त्रालय, खेलकुद मन्त्रालयको सहकार्यमा नेपालमा यो कार्यक्रम गरिरहेका छौ ।
चन्दननाथ नगरपालिका जुम्लाका उपप्रमुख रामदेवी खड्काले फुटवल खेलमा प्रथामिकता दिनका लागि एन्फाले कर्णालीमा समेत फुटवल क्षेत्रमा प्रथामिकता गरेकोमा धन्यवाद दिनुभयो । उहाँले स्थानीय सरकारको तर्फबाट गर्ने काममा प्रथामिकता दिने बताउनुभयो ।
एन्फा जुम्लाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष भरतबहादुर बुढ्थापाले जुम्लामा बालबालिकालाई सानै देखी फुटवल सिकाउने कार्यक्रम गर्ने फिफा र एन्फलाई धन्यवाद दिनुभयो । वुढ्थापाले जुम्लामा रंगशाला निर्माण भईरहेको भएपनि विभिन्न कारणले ढिलाई भईरहेकाले छिटो सम्पन्न गर्न तथा फराकिलो गर्नका लागि सरोकारवालालाई धन्यवाद दिनुभयो ।
जुम्लामा ग्रासुट तहको सो विद्यालय स्तरीय कार्यक्रमका लागि एन्फाध्यक्ष नेवाङ, उपाध्यक्ष दावा लामा, केन्द्रीय सदस्य मनिराज बिष्ट, सुर्खेत जिल्ला फुटवल संघका अध्यक्ष दिलिप बस्याल सहित एन्फाको टिम जुम्ला आएको छ ।
क्याप्सन : जुम्लामा एन्फाले आयोजना गरेको विद्यालय फुटवल कार्यक्रम फुटवल वितरण तस्बिर नेत्र शाही ।











