OnlinePana

आज : २०८२ भाद्र १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र १७, २०८२
२० पटक

 

जुम्ला / भदाै १७ गते । अविरल वर्षासँगै गत शुक्रबारदेखि गएको पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग पाँच दिनपछि खुलेको छ । सडक डिभिजन कार्यालय जुम्लाले डोजर लगाएर पन्छाउन नसकेका पहिरो नेपाली सेनाले ब्लास्टिङ गरेर हटाएको हो ।

पहिरोले रोकिएका साना तथा ठूला मालवाहक गाडी अहिले सञ्चालनमा आइसकेका छन् । सडक सञ्चालनमा आएपछि रोकिएका स्याउ बोकेका ट्रक सुर्खेत, नेपालगन्जतर्फ प्रस्थान गरेका छन् । स्याउ बोकेका २३ वटा ट्रक सडकमै अलपत्र परेका थिए ।

झन्डै १३ करोडभन्दा बढी मूल्य बराबरको १८४ मेट्रिक टन स्याउ बोकेका २३ वटा ट्रक चार दिनसम्म बाटोमै रोकिँदा स्याउ कुहिने चिन्ता बढेको थियो ।
नेपाली सेनाकाे नम्बर २४ ले बलाष्टिङ गरेपछिसड्क पञ्छाउनद सम्भव भएकाे थियाे। नेपाली सेना कालिकाेटकाे टिम गएर काम गरेकाे छ ।

सडकमै अलपत्र परेका स्याउका गाडी गन्तव्यतर्फ पुगेपछि व्यापारी खुसी भएका छन् । स्याउकै सिजनमा हरेक वर्ष राजमार्ग अवरुद्ध हुने समस्या रहने भएकाले यसको दीर्घकालीन समाधान तथा ढुवानीमा सहुलियत दिनुपर्ने किसान तथा व्यापारीले माग गर्दै आएका छन् ।

 

प्रतिकृया दिनुहोस्