OnlinePana

आज : २०८३ बैशाख २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन १, २०८२
२०९ पटक

३२ असार २०८२, बुधबार

सुर्खेतः कर्णाली प्रदेशसभाबाट स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौं अधिवेशनको आज बसेको ३१औं बैठकबाट विधेयक सर्वसम्मतले पारित भएको हो । सभामुख नन्दा गुरुङले मुख्यमन्त्री यामलाल कँडेललाई कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम १३० बमोजिम पारित गरियोस् भनि सभामा प्रस्ताव गर्न समय दिनुभयो ।

मुख्यमन्त्री कँडेलले पारितका लागि सभामा प्रस्ताव गरेसँगै उक्त स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको थियो । सभामुख गुरुङले सभाको अर्को बैठक आगामी साउन १५ गते दिउसो ३ः०० बजे हुने जानकारी दिनुभयो ।

 

 

प्रतिकृया दिनुहोस्