OnlinePana

आज : २०८२ आषाढ १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ १९, २०८२
९ पटक

१८ असार २०८२, बुधबार

सुर्खेतः जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अनुसन्धान भईरहेको मुद्दा मिलाइ भन्दै रकम असुली गरेको (अपराधिक लाभ) कसुरमा दुई जना पक्राउ परेका छन् ।

अभद्र व्यवहारको कसुरमा अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका प्रतिवादीलाइ हिरासतमुक्त गराउन मुद्दा मिलाई दिन्छु भनि आरोपित व्यक्तिको परिवारबाट रु.५० हजार असुली गर्ने गेरुवा गाउँपालिका ३ शान्ति बजार बर्दियाका ४३ वर्षीय कृष्णबहादुर थारु र वीरेन्द्रनगर नगरपालिका १३ सुर्खेत ईन्द्रपुरकी ३४ वर्षीय मुना चन्दलाई प्रहरीले पक्राउ गरिएको जिप्रका सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिनुभयो ।

थारु वीरेन्द्रनगर नगरपालिका १० सुर्खेतमा डेरामा बस्दै आएका छन् । प्रहरी प्रमुख शाहीका अनुसार आरोपित थारु र चन्दले अभद्र व्यवहारका कसुरदारका परिवारलाई प्रहरी प्रशासन मिलाउनु पर्छ अन्यथा तपाईको मान्छे जेल जान सक्छन भनि अपराधिक लाभ तथा असुली गर्ने उद्देश्यले रु.५० हजार मागेका थिए । दुवैले बेइमानीपूर्वक आर्थिक लाभ उठाई आपराधिक लाभ (एक्सटर्सन) गरेको कसूरमा सम्मानित अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्