OnlinePana

आज : २०८२ जेठ २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ २२, २०८२
८४ पटक

२१ जेठ २०८२, बुधबार

सुर्खेतः कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८÷०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौं अधिवेशनको आज बसेको नवौं बैठकमा सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी एक साता अघि उपचारका लागि अमेरिका जानु भएकोले सुदूरपश्चिम प्रदेशका प्रमुख मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

कर्णालीको पूर्वाधार निर्माणका साथ शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, जडिबुटीको प्रवद्र्धनका साथै दशौं राष्टिय खेलकुद प्रतियोगिता सञ्चालनका गर्न खेल व्यवस्थापनलाई प्राथमिकता राख्दै एक सय १८ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । त्यस्तै, अधुरा आयोजनाहरुको अध्ययन गरी लगानी गर्ने, वित्तिय अनुशासन र व्यवस्थापनमा लागि आर्थिक प्रणालीमा सुधार ल्याउने नीति ल्याइने उल्लेख गरिएको छ ।

शिक्षालाई श्रम, श्रमलाई सीप, सीपलाई रोजगारी र रोजगारीमार्फत आत्मनिर्भर नागरिक बनाउनतर्फ जोड दिने, हुम्लाको सिमकोटलाई मानसरोवर तथा कैलाश पर्वतको प्रवेशद्वारका रुपमा विकास गर्ने । भेरी बबई डाइभर्सनबाट निस्कने बिद्युतको रोयल्टी प्राप्तिका लागि पहल गर्ने । कर्णलीको कृषि विकास रणनीति कार्यान्वयन गरी कृषिलाई विविधिकरण, यान्त्रिकरण र आधुनिकीकरण गर्न जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यसैगरी, फलफुलको विकासका लागि स्याउ, ओखर र सुन्तला विकास बोर्ड गठन गर्ने, प्रदेशको बहुआयमिक गरिबी न्यूनीकरण, सीमा क्षेत्रमा क्वारेन्टाईन राख्ने, जेन्जी पुस्तालाई आवश्यक सहयोग गर्ने, साईबर सुरक्षा विशेष कार्यक्रम, दुर्गममा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

प्रतिकृया दिनुहोस्