OnlinePana

आज : २०८३ बैशाख ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख १६, २०८२
२१३ पटक

१६ बैशाख २०८२, मंगलबार

नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुर्खेतको संस्थापक अध्यक्ष चिरञ्जिवी अर्याललगायत दर्जन बढी अग्रज पत्रकार सम्मानित भएका छन ।

महासंघ जिल्ला शाखा सुर्खेतको ३४औँ स्थापना दिवस अवसरमा आज वीरेन्द्रनगरमा उनीहरुलाई प्रमाणपत्र र दोसल्ला लगाएर सम्मान गरिएको हो । महासंघले अर्याललगायत संस्थापकहरु बालाराम शर्मा, पीताम्बर ढकाल, डा.दीपक गौतम, श्रीधर पौड्याल, कुमार ढकाल, भानुभक्त भारती, कमलराज रेग्मी, डिल्लीराम पाठक, भरत ज्ञवाली, निरक केसीलाई सम्मान गरेको हो । महासंघका संस्थापक स्व.जीवनकुमार शाक्यलाई भने मरणोपरान्त सम्मान गरिएको छ ।

शाखाको स्थापना दिवसको अवसरमा पहिलो दिन पत्रकार र उद्योग बाणिज्य संघका पदाधिकारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता, दोस्रो दिन पत्रकारहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो भने आज प्रभातफेरी तथा शुभकामना आदान प्रदान र शाखाका संस्थापकहरुलाई सम्मान गरिएको महासंघ शाखा सुर्खेतका अध्यक्ष सुशीलराज शर्माले जानकारी दिनुभयो ।

सम्मानित संस्थापक तथा अग्रज पत्रकारहरुले अध्ययन र बौद्धिकताको बलमा समाजको वास्तविक चित्र उतार्ने र राज्यलाई सदैव खबरदारी गरिरहने प्रेस जगत्लाई विकास, समृद्धि र समाज रुपान्तरणको द्योतक बनाउनुपर्नेमा जोड दिए । सूचना र प्रविधिको उच्चतम विकाससँगै बदलिएको पत्रकारिता र सञ्चार प्रणालीलाई नागरिकमैत्री बनाउनतर्फ अबका पत्रकार तथा सञ्चारकर्मीहरुको भूमिका रहेको उहाँको भनाई थियो ।

शुभकामना तथा सम्मान कार्यक्रममा बोल्दै महासंघ जिल्ला शाखा सुर्खेतका अध्यक्ष सुशीलराज शर्माले हजारौं पत्रकारहरुको हितमा काम गर्ने र राज्यलाई निर्वाध सचेत बनाई राख्ने महासंघको स्थापना गर्ने व्यक्तिहरुको योगदान अविस्मरणीय हुने बताउनुभयो । अग्रज पत्रकारहरुको त्याग र बलिदानले आजको पत्रकारितालाई सहज गराएको र मनोबल बढाउनुका साथै नयाँ पुस्तालाई नवीनतम् खोजमा लाग्न उत्प्रेरणा दिने काम गरेको उहाँले जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्